पछिल्लो १४ घण्टामा १२७१ संक्रमित थपिए, १८४५ जना संक्रमणमुक्त !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप १ हजार २७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ७४ हजार ५८७ पुगेको छ भने एन्टिजेन विधिबाट ८६ हजार २१९ जनामा संक्रमण पुष्टि भएको छ।

थप ८ हजार ८९८ जनाको पिसिआर परीक्षण तथा ३ हजार ०४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार ०५८ तथा एन्टिजेनबाट २१३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३९ लाख ९९ हजार ४९७ जना पुगेको छ । हालसम्म ७ लाख ३५ हजार ००६  जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८४५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या २८ हजार ६७८ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १४ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ९०३ पुगेको छ।

प्रकाशित : बिहिबार, भदौ २४, २०७८१६:३४

कस्तो रहला आगामी तीन दिनको मौसम ? हेर्नुहोस् !