एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले बार्सिलोनाका नयाँ खेलाडी डच स्ट्राइकर लूक डे जोङ्ग ब्राजिलियन फरवार्ड नेयमार भन्दा उत्कृष्ट रहेको बताएका छन्। एक खेल मिडियासँग कुराकानी गर्नेक्रममा कोम्यानले नेयमार भन्दा लूक डे जोङ्ग उत्कृष्ट खेलाडी रहेको दावी गरेका हुन्।
कोम्यानले डे जोङ्ग क्रसको मामलामा नेयमार भन्दा धेरै खतरनाक रहेको बताए। डे जोङ्ग भिन्न किसिमको फरवार्ड रहेको र उनी जस्तो फरवार्ड एक राम्रो टीमलाई चाहिने कोम्यानको भनाई छ।
“जब क्रसको कुरा आउँछ, नेयमार भन्दा लूक डे जोङ्ग खतरनाक छन्। उनी हामीसँग भएका सबै फरवार्ड भन्दा भिन्न छन्। मलाई लाग्छ उनी जस्तो फरवार्ड सबै टीममा हुनुपर्छ।”,कोम्यानले भने।
कोम्यानले डे जोङ्गलाई अनुबन्ध गर्न गएको वर्ष देखि नै प्रयास गरेको खुलासा पनि गरेका छन्। गएको वर्ष नै आफूले बार्सिलोनालाई डे जोङ्ग भित्र्याउन आग्रह गरेको कोम्यानले बताए।
“मैले क्लबलाई गत वर्ष नै भएको थिएँ।”,कोम्यानले भने,”म फर्वार्ड परिवर्तन गर्न पहिला देखि नै चाहन्थें। खेलमा आवश्यकता हुने बितिकै उनलाई मौका दिइनेछ।”
डे जोङ्ग र कोम्यान बीच धेरै राम्रो सम्बन्ध रहेको छ। एकै देशका भएका कारण पनि दुई बीच राम्रो सम्बन्ध रहेको बताउन सकिन्छ। कोम्यानले पछिल्लो समय बार्सिलोनाको स्क्वाडमा डच खेलाडीहरुलाई प्राथमिकता दिरहेका छन्। कोम्यानकै प्रभावका कारण डे जोङ्ग ट्रान्सफर विन्डोको अन्तिम दिनमा सेभियाबाट लोनमा बार्सिलोनामा अनुबन्धित भएका हुन्।