७० करोड बराबरको नयाँ आईपीओ खुल्दै: कति कित्तासम्म आवेदन दिने?

काठमाडौँ, साहस उर्जा कम्पनी लिमिटेडलले असोज ६ गतेदेखि आइपिओ जारी गर्ने भएको छ ।

कम्पनिले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको  ७० लाख कित्ता  आईपीओ  निष्कासन गर्न लागेको हो। जसमध्ये २ लाख १० हजार कित्ता कर्मचारीलाई र  ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि  अधिकतम १० लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

असोज ६ गतेदेखि निष्कासन हुने यस कम्पनीको शेयरमा छिटोमा असोज १० गते र ढिलोमा असोज २० गतेसम्म आवेदन दिन सकिनेछ।

नेप्सेमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १८.५४ बिन्दुले ओरालो लागेर दुई हजार ९२९.२८ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.२१ बिन्दुले ओरालो लागेर ५४५.६६ मा ओर्लिएको छ ।

नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । कूल २२२ कम्पनीको एक करोड छ लाख ३९ हजार ८२६ कित्ता शेयर रु पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ९९ अर्ब ५१ करोड ७२ लाख ४० हजारको हाराहारीमा रहेको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयरसमेत ओरालो लागेको छ । त्यसमा बैंकिङ ४.१, व्यापार २२.५९, होटल तथा पर्यटन १७.४६, विकास बैंक ६६.८४, जलविद्युत् ३०.८३, वित्त २६.६७, निर्जीवन बीमा २७७.८६, उत्पादन ६७.३९, अन्य ८.७१, लघुवित्त २८.६२, जीवन बीमा १४४.६८, सामूहिक लगानी कोष ०.०३, लगानी ०.७८ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २७ करोड तीन लाख ७० हजार ५२४ बराबरको कारोबार भयो । यस्तै, रैराङ हाइड्रोपावर रु २२ करोड ७९ लाख ८१ हजार, युनाइटेड मोदी हाइड्रोपावर रु २२ करोड ३४ लाख ३२ हजार ६३८, एनआइसी एशिया बैंक रु १५ करोड ७३ लाख २६ हजार ५६७ र नेशनल हाइड्रोपावर रु ११ करोड ८७ लाख ८० हजार ६६१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रैराङ हाइड्रोपावर ५.०४, एनआइबिएल समृद्धि फण्ड एक ३.९४ र कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले ३.४६ प्रतिशतले कमाए ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनी ५.५६, सिटिजन म्यचुअल फण्ड ३.७७, लाइफ इन्स्योरेन्स कम्पनी ३.६४, अजोड इन्स्योरेन्स ३.५० र एनआरएन इन्फास्ट्रक्चरको शेयरधनीले ३.२० प्रतिशतले गुमाए ।

प्रकाशित : मङ्गलबार, भदौ २९, २०७८१७:४१

महिनाको पहिलो दिन नै ह्वात्तै घट्यो सुनको भाउ, ३६ दिन यता कै सस्तो !