महिनाको पहिलो दिन नै ह्वात्तै घट्यो सुनको भाउ, ३६ दिन यता कै सस्तो !

असोज महिनाको पहिलो दिन नै नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। बुधबारको तुलनामा बिहिबार सात सय रुपैयाँल घटेको सुनको मूल्यमा आज शुक्रबार पनि भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार महिनाको पहिलो दिन नै छापावाला सुनको मूल्यमा एक हजार ४ सय रुपैयाँको भारी गिरावट आएको छ। जससँगै शुक्रबार छापवाला सुन प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार छापावाला सुन तोलाको ९० हजार ५ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य भने एक हजार ३ सय ५० रुपैयाँले घटेको छ। बिहिबार ९० हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज भने ८८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ।

सुन ३६ दिन यता कै सस्तो

शुक्रबार कायम भएको सुनको मूल्य गत ३८ दिन यता कै सस्तो रहेको छ। गत साउन २७ गते छापवाला सुनको मूल्य ८८ हजार ८ सय र तेजाबी सुनको मूल्य ८८ हजार ३ सय ५० कायम भएको थियो। जसपछि कुनै पनि दिन सुनको भाउ आजको विन्दुमा झरेको थिएन।

चाँदीको मूल्य पनि घट्यो

शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहिबार १२ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ११ सय ७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८११:३३

शुक्रबार एकैदिन १४ सयले घटेको सुनको मूल्य आज कति ?