लालिगाको आर्सनल बन्दै बार्सिलोना, हरेक पटक बार्यनले नै बजाउँछ !

मंगलबार राति च्याम्पियन्स लिग खेलमा बार्यन विरुद्धको खेलमा एकतर्फी रूपमा पराजित भएसँगै समर्थकहरुले बार्सिलोनालाई स्पेनको आर्सनल भन्दै मजाक उडाउन सुरु गरेका छन्।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्यनलाई जीत दिलाउन पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले २ तथा थोमस मुलरले एक गोल गरे। पहिलो हाफको ३५ औं मिनेटमा मुलरको गोलबाट अग्रता लिएको बार्यन दोस्रो हाफमा थप २ गोल गर्न सफल भएको थियो। उत्कृष्ट लयमा रहेका लेवान्डोस्कीले खेलको ५६ औं र ८५ औं मिनेटमा गोल गर्दै जर्मन च्याम्पियनको जीत पक्का गरेका थिए।

समूह चरणको पहिलो खेलमा नै लज्जास्पद हार बेहोरेको बार्सिलोना अब युरोपको ठूलो क्लबमा नपर्ने र ठूला क्लबसँग प्रतिस्पर्धा गर्न नसक्ने धेरै समर्थकले स्वीकार गर्न थालेका छन्। एक ट्वीटर प्रयोगकर्ताले लेखे,”बर्सिलोना यसरी पतन भएको देख्दा निकै दुख लाग्छ। उनीहरुलाई हेर्दा बार्यनसँग बच्चाको तुलना गरेको जस्तो लाग्छ।”

अर्का एकले लेखे,”बार्सिलोना यत्ति पतन भइसकेको रैछ। उनीहरुले मलाई आर्सनलको याद दिलाए।” एक तेस्रो फ्यानले ट्वीट गरे: “यो मेरो जिन्दगीमा मैले देखेको सबैभन्दा निराशाजनक बार्सिलोना हुनु पर्छ। कसरी यस्तो पतन भयो। आर्सनल भन्दा धेरै फरक लाग्दैन।”

यस्ता छन् केहि समर्थकको प्रतिक्रिया:-

प्रकाशित : बुधबार, भदौ ३०, २०७८१४:०४

कोम्यानले भने – ‘अहिले बायर्न बलियो देखियो, २-३ वर्ष पछि त हामी पनि बलियो हुन्छौं’