मेस्सीको रेकर्ड माथि रोनाल्डोको धावा, क्यासिलासलाई पनि छाडेनन् !

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडको तर्फबाट दोस्रो पटक च्याम्पियन्स लिग डेब्यु गरेका छन्। यूईएफए च्याम्पियन्स लिग २०२१-२२ अन्तर्गत रोनाल्डोले स्विस टोली योङ ब्वाइज विरुद्ध डेब्यु गरेका हुन्।

मंगलबार राति भएको खेलमा रोनाल्डोले रोनाल्डोले एक गोल समेत गरे। रोनाल्डोले खेलको १३ औं मिनेटमा नै गोल गरेका थिए। ब्रुनो फर्नान्डेसले दिएको उत्कृष्ट पासलाई रोनाल्डोले पेनाल्टी क्षेत्र भित्रबाट गोलपोस्टको बाटो देखाएका हुन्।

योङ ब्वाइज विरुद्ध उत्रँदा रोनाल्डोले दुई रेकर्ड माथि धावा समेत बोलेका छन्। रोनाल्डोले इकर क्यासिलास र लियोनेल मेस्सीको फरक-फरक दुई रेकर्ड माथि धावा बोलेका हुन्।

योङ ब्वाइज विरुद्ध मैदानमा उत्रिएलगतै रोनाल्डोले सबै भन्दा धेरै च्याम्पियन्स लिग खेल खेल्ने खेलाडी बनेका छन्। रोनाल्डोले अहिले सम्म १ सय ७७ च्याम्पियन्स लिग खेलमा सहभागी भइसकेका छन्। सबै भन्दा बढी च्याम्पियन्स लिग खेलमा सहभागी हुने खेलाडीको रेकर्ड यस अगाडी इकर क्यासिलासको नाममा थियो।

योङ ब्वाइज विरुद्धको खेल पश्चात उक्त रेकर्ड रोनाल्डो र क्यासिलास संयुक्त भएको छ। च्याम्पियास लिग समूह चरणको खेलमा भिल्लारियल विरुद्ध उत्रँदा भाने उक्त रेकर्ड रोनाल्डोले तोड्नेछन्।

मेस्सीसँग पनि बराबरी

अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सी च्याम्पियन्स लिगमा सबै भन्दा धेरै क्लब विरुद्ध गोल गर्ने खेलाडी रहेका छन्। सबै भन्दा धेरै क्लब विरुद्ध गोल गर्ने रेकर्ड मेस्सीको नाममा भएपछि मंगलबार पछि भने उक्त रेकर्डमा रोनाल्डो पनि जोडिएका छन्। मेस्सी र रोनाल्डो दुवैले च्याम्पियन्स लिगमा ३६ क्लब विरुद्ध गोल गरेका छन्।

प्रकाशित : बुधबार, भदौ ३०, २०७८०९:३४

एम-एन-एम ट्रियोका लागि तयार छ त फुटबल जगत ? आज खेल्ने सम्भावना !