एम-एन-एम ट्रियोका लागि तयार छ त फुटबल जगत ? आज खेल्ने सम्भावना !

च्याम्पियन्स लिग समूह चरण अन्तर्गतको पहिलो खेलमा आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्लब ब्रुजको सामना गर्दैछ। प्रतियोगिताको प्रमुख दाबेदारको रूपमा हेरिएको पीएसजीको समूहमा गत सिजनको उप-विजेता म्यानचेस्टर सिटी र जर्मन क्लब आरबी लाइपजिंग रहेका छन्।

नेपाली समयअनुसार राति १२:४५ बाट सुरु हुने खेलका लागि पीएसजीले आफ्नो २२ सदस्यीय टोली मंगलबार नै घोषणा गरिसकेको छ। क्लबले सार्वजनिक गरेको टोलीमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी, ब्राजिलियन स्टार नेयमार र फ्रेन्च युवा सेनसेसन किलियन एम्बाप्पे पनि रहेका छन्। ३० अगस्टमा रेइम्स विरुद्ध ६५ औं मिनेटमा नेयमारको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका ३४ वर्षीय स्ट्राइकरले फ्रेन्च क्लबका लागि अहिले सम्म एक पनि पूरै खेल भने खेलेका छैनन्।

१ सेप्टेम्बरमा क्लेरमोन्ट विरुद्धको खेलका लागि नेयमार र मेस्सी दुबै अन्तराष्ट्रिय ब्रेकका कारण उपलब्ध थिएनन्। यस्तोमा आजको खेलमा विश्व फुटबल जगतले प्रतिक्षा गरिरहेको मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियो मैदानमा उत्रिने सम्भावना रहेको छ। पीएसजीसँग अनुबन्ध भएको १ महिना भइसक्दा पनि मेस्सीले अहिलेसम्म एक खेल पनि ९० मिनेट नखेलेको अवस्थामा यो ट्रियो एकसाथ मैदानमा उत्रिएको थिएन।

पहिलो पटक एम-एन-एम ट्रियो मैदानमा उत्रिने सम्भावना उच्च रहेकोले पनि यी तीन स्टारलाई एकसाथ खेलेको हेर्न समर्थकको उत्साह उच्च स्तरमा रहेको छ। एक खेल पनि नाखेल्दै तीन सुपरस्टार खेलाडीको क्षमता कै आधारमा एम-एन-एम ट्रियोलाई फुटबल इतिहास कै सर्वश्रेष्ठ ट्रियो मध्येमा गनिन सुरु गरिसकेको छ। यस्तोमा, वर्तमान समयमा भने यो ट्रियोलाई विश्व कै सर्वोत्कृष्टको रूपमा हेरिएको छ।

कस्तो जम्ला त एम-एन-एम ट्रियो पीएसजीका लागि ?

प्रकाशित : बुधबार, भदौ ३०, २०७८१०:१६

हालाण्ड र एम्बाप्पे दुवैलाई भित्र्याउन सक्ने अवस्थामा रियल, पैसा ‘पोको’ पारेर राखेको खुलासा !