एम्बाप्पेको भविष्य पीएसजी मै रहेको र क्लबमा मेस्सी-नेयमार-एम्बाप्पे एक-अर्काको पूरक बन्ने दाबी !

पेरिस सेन्ट जर्मेनका खेल निर्देशक लियोनार्डोले क्लबले स्टार खेलाडी एम्बाप्पे बिना कुनै पनि परिदृश्यको बारेमा सोचेको नगरेको स्पष्ट पारेका छन्। जारी सिजनको अन्त्यमा क्लबसँगको सम्झौता सकिने एम्बाप्पेको नाम लामो समय देखि स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिदै आएको छ।

पीएसजी मै एम्बाप्पेको भविष्य रहेको कारणहरु केलाउँदै लियोनार्डोले एम्बाप्पेका लागि स्थानान्तरण विन्डोको अन्तिम केहि दिनमा प्रस्ताव गरेकोमा रियल म्याड्रिड विरुद्ध खेद व्यक्त गरेका छन्। क्यानल + इन फ्रान्ससँग बोल्दै उनले भने,”हामीको रियल म्याड्रिडको व्यवहारबाट खुसी छैनौं। विश्वका सर्वश्रेष्ठ मध्ये एक खेलाडीका लागि स्थानान्तरण अवधिको अन्तिम हप्तामा आएर डिल गर्न गरेको प्रयासले हामीलाई मन नपर्ने स्थिति निम्त्याएको छ।”

सिजनको अन्त्यमा फ्रेन्च युवा स्टारको सम्झौता पीएसजीसँग सकिँदैछ। विश्व विजेता एम्बाप्पेले क्लबसँग आफ्नो सम्झौता नवीकरण गर्ने कुनै संकेत नदेखाएको कारणले पनि धेरैले उनी अर्को सिजन फ्री-एजेन्टका रूपमा रियलसँग अनुबन्ध हुने आँकलन गरिरहेका छन्। तर पीएसजी खेल निर्देशक लियोनार्डो भने एम्बाप्पेको भविष्य फ्रेन्च मै रहेकोमा विश्वस्त रहेका छन्।

क्लबमा कसैले पनि एम्बाप्पे बिना क्लबको भविष्य कल्पना नगरेको भन्दै उनले भने,”मलाई लाग्दैन कि सिजनको अन्त्यमा एम्बाप्पेले पीएसजी छाड्छन्। किलियन र पीएसजीको सम्बन्ध निकै गहिरो रहेको छ। त्यसैले पनि हामीले अरु केहि पनि सोचेका छैनौं।” लियोनार्डोले लियोनल मेस्सी, नेयमार र एमबाप्पे क्लबको आक्रमण पङ्क्तिमा एक अर्काको पूरक बन्ने विश्वास राखेका छन्।

यसका साथै विश्व फुटबलमा एक खेल पनि साथमा नाखेल्दै पनि घातक रूपमा हेरिएको यो ट्रियो पीएसजीमा एक वर्ष मात्र देखिने भन्ने नहुने उनले दाबी गरेका छन्।

प्रकाशित : बुधबार, भदौ ३०, २०७८१६:०३

“मेस्सी गएपछि बार्सिलोना आत्माबिहिन् भएको देखियो”