“मेस्सी गएपछि बार्सिलोना आत्माबिहिन् भएको देखियो”

एजेन्सी – बायर्न म्युनिखका पूर्व सीइओ कार्ल हेन्ज रुम्मेनिगेले लियोनेल मेस्सी गएसँगै बार्सिलोना आत्माबिहिन् हुन पुगेको टिप्पणी गरेका छन्। यूईएफए च्याम्पियन्स लिग २०२१–२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा बायर्न म्युनिखले बार्सिलोनालाई पराजित गरेपछि रुम्मेनिगेले यस्तो टिप्पणी गरेका हुन्।

एक टेलिभिजनसँग कुराकानी गर्नेक्रममा रुम्मेनिगेले मेस्सीको अभाव बार्सिलोनाको टीममा स्पष्ट देखिएको बताए। रणनीतिक हिसाबले पनि बार्सिलोना पहिला भन्दा कम्जोर देखिएको रुम्मेनिगेको विश्लेषण छ।

“यदि बार्सिलोनाको टीमलाई हेर्ने हो भने, रणनीतिक हिसाबले हेर्ने हो भने मेस्सी बिना उनीहरु आत्माबिहिन् भएका छन्। आत्मा छिया-छिया भएको जस्तो देखिन्छ।”,रुम्मेनिगेले भने। बार्सिलोना धेरै ठूलो समस्याबाट गुज्रिरहेको रुम्मेनिगेले बताए।

मेस्सीलाई बायर्नमा लैजान सम्भव थियो भनेर सोधिंदा रुम्मेनिगेले मेस्सी आसपास बार्सिलोनाले गरेको आर्थिक कु-व्यवस्थापनले त्यसलाई असभव गराएको बताए। उनका अनुसार मेस्सीको विषयमा बार्सिलोना राम्रोसँग आर्थिक व्यवस्थापन गर्न नसकेको टिप्पणी गरे।

मेस्सीको पारिश्रमिक धेरै रहेको र त्यसले अन्य खेलाडीहरुलाई पनि असर गर्ने उनले बताए। मेस्सीको पारिश्रमिक धेरै हुँदा अन्य खेलाडीलाई पनि धेरै पारिश्रमिक दिनुपर्ने तर्फ सङ्केत गर्दै उनले यस्तो बताएका हुन्। मेस्सी वरिपरी गरिएको आर्थिक कु-व्यवस्थापनले नै बार्सिलोनालाई भडखालोमा हालेको रुम्मेनिगेको भनाई छ।

“त्यो हुन सक्दैनथ्यो, हुने कुरै थिएन।”,मेस्सीलाई बायर्नमा भित्र्याउन सम्भव थियो भनेर सोध्दा उनले भने,”मेस्सीको तलब धेरै चकित पार्ने उचाईमा छ। त्यसको सिधा प्रभाव हुन्छ – अरु खेलाडीले पनि उच्च पारिश्रमिक माग्छन्।”

प्रकाशित : बुधबार, भदौ ३०, २०७८१६:३२

रोनाल्डोलाई रियोको सुझाव-“प्रशिक्षक बन्न नखोज, प्रतिस्थापित भएपछि चुप लागेर बस्ने गर”