रोनाल्डोलाई रियोको सुझाव-“प्रशिक्षक बन्न नखोज, प्रतिस्थापित भएपछि चुप लागेर बस्ने गर”

मंगलबार म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग समूह चरणको पहिलो खेलमा योंग बोएजसँग १ गोलको अग्रताका बाबजुद पराजित हुन पुगेको छ। रेड डेभिललाई अग्रता दिने स्टार खेलाडीलाई प्रशिक्षक सोल्सारले खेलको ७१ औं मिनेटमा प्रतिस्थापन गर्दै जेसे लिंगार्डलाई मैदानमा प्रवेश गराए।

खेलको अन्तिम समयतिर प्रतिस्थापित भएर मैदान बाहिर आएका रोनाल्डो प्रशिक्षक ओले गनर सोल्सार र टिममेट ब्रुनो फर्नांडेजका साथ मैदान बाहिरबाट आफ्ना टिममेटलाई कराउँदै केहि जानकारी दिँदै गरेको देखियो। खेलमा देखिएको यस्तो दृश्यले खेल सकिएपछि ठूलो बहस नै सिर्जना गर्यो।

बीटी स्पोर्ट्सका पण्डितद्वय पिटर क्राउच र रियो फर्डीनाण्डले पनि यसबारे आफ्नो टिप्पणी दिएका छन्। पूर्व युनाइटेड डिफेन्डर फर्डीनाण्डले भने,”इमान्दारीका साथ भन्नु पर्दा, यदि म प्रशिक्षक भएको भए म रोनाल्डोलाई चुप लागेर बस्न भन्थें।” क्राउच साथी पण्डित फर्डीनाण्डसँग सहमत थिए, यद्यपि उनले स्वीकार गरे कि यस्तो कुरा रोनाल्डोलाई भन्न गाह्रो हुनसक्छ।

“म पनि बेन्चमा बसेको छु भने उनलाई पनि बस्न आग्रह गर्छु,”पूर्व टोटनह्याम स्ट्राइकरले भने,”तर उनी क्रिस्टियानो रोनाल्डो हुन्। हामी उनलाई यो गर्न दिन्छौं।”

फर्डीनाण्डले पछि आफ्नो पूर्व म्यानचेस्टर युनाइटेड टिममेटको बचाउ गरे। “मैले बुझें। तपाईंलाई थाहा छ, मानिसहरु क्रिस्टियानोसँग जान्छन्,”ओहो यो बहादुरी हो, यो प्रशंसकहरुको लागि हो। उनी जित्न चाहन्छन्, साँच्चै जित्न आतुर छन् र कसैले उनलाई रोक्न सक्दैन।” तर जित्नको लागि रोनाल्डो प्रशिक्षकसँगै गएर खेलाडीलाई निर्देशन दिन्छन् भने त्यस्तै होस्।

रोनाल्डोले १३ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीका लागि अग्रता दिलाएका थिए। तर ३४ औं मिनेटमा एरोन वान बिसाकाले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको युनाइटेडले उक्त अग्रता जोगाउन नसक्दा खेल २-१ ले गुमाउनु पर्यो।

प्रकाशित : बुधबार, भदौ ३०, २०७८१७:२५

योंग ब्वाइजसँग पराजित भएपछि रोनाल्डोको यस्तो प्रतिक्रिया, टिममेटलाई आग्रह गर्दै यसो भने !