योंग ब्वाइजसँग पराजित भएपछि रोनाल्डोको यस्तो प्रतिक्रिया, टिममेटलाई आग्रह गर्दै यसो भने !

क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा योंग ब्वाइजसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेडका टिममेटलाई सकारात्मक सन्देश पठाएका छन्। म्यान युनाइटेडले आफ्नो युरोपेली अभियानको सुरुवात योंग ब्वाइजको हातबाट पराजित हुँदै गर्न बाध्य भएको छ।

न्युकासल विरुद्ध डेब्यु खेलमा २ गोल गरेका रोनाल्डोले रेड डेभिलका लागि च्याम्पियन्स लिग डेब्युमा पनि गोल गर्दै अग्रता दिलाएका थिए। खेलको १३ औं मिनेटमा पोर्चुगिज टिममेट ब्रुनो फर्नान्डेजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै सहज गोल गरेका थिए। तर ३४ औं मिनेटमा राइट ब्याक एरोन वान बिसाकाले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सिमित भएको थियो।

३४ औं मिनेटपछि १० खेलाडीमा सिमित म्यानचेस्टरको फाइदा उठाउँदै योंग ब्वाइज दोस्रो हाफमा दुई गोल गर्न सफल भयो। दोस्रो हाफको सुरुवात निकै राम्रो गरेको स्विस क्लबले ६५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो। जसपछि खेलको अन्तिम क्षणमा रोनाल्डोको स्थानमा मैदान प्रवेश गरेका जेसे लिंगार्डले दिएको असफल ब्याक-पासको सदुपयोग गर्दै योंग ब्वाइजका जोर्डन सिएबाट चेउले गोल गर्दै क्लबका लागि जीत पक्का गरेका थिए।

यस्तोमा, रोनाल्डोले गयरातीको नतिजाको बारेमा बोलेका छन्। ३६ वर्षीय स्ट्राइकरले आफ्नो टोलीलाई उक्त हारबाट छिटै बाहिर निस्किन र आफ्नो अर्को खेलमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्। ट्वीटरमा आफ्नो र म्यानचेस्टर युनाइटेड पुरै टोलीको तस्बीर साझा गर्दै उनले लेखे,”हामीले सोचेको जस्तो नजिता आएन, तर अब उक्त हारबाट निस्किएर अर्को खेलमा केन्द्रित हुने समय आएको छ।”

प्रकाशित : बुधबार, भदौ ३०, २०७८१७:५६

“विश्वकै उत्कृष्ट सेन्टर फरवार्ड लेवान्डोव्स्की, दोस्रो उत्कृष्ट चाहिँ हालाण्ड”