“विश्वकै उत्कृष्ट सेन्टर फरवार्ड लेवान्डोव्स्की, दोस्रो उत्कृष्ट चाहिँ हालाण्ड”

एजेन्सी – बायर्न म्युनिखका पूर्व सीइओ कार्ल हेन्ज रुम्मेनिगेले बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोव्स्की विश्वकै उत्कृष्ट सेन्टर फरवार्ड रहेको दावी गरेका छन्।

यूईएफए च्याम्पियन्स लिग २०२१–२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा बायर्नले बार्सिलोनालाई पराजित गरेपछि एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा रुम्मेनिगेले लेवान्डोव्स्की हालको अवस्थामा विश्वकै उत्कृष्ट सेन्टर फरवार्ड रहेको दावी गरे। उनका अनुसार विश्वको दोस्रो उत्कृष्ट सेन्टर फरवार्ड एर्लिङ हालाण्ड रहेका छन्।

“रोबर्ट लेवान्डोव्स्की विश्वकै उत्कृष्ट स्ट्राइकर हुन्। दोस्रो उत्कृष्ट हालाण्ड हुन्।”,एक अन्तर्वार्ताका क्रममा उनले भने। रुम्मेनिगेले लेवान्डोव्स्की बायर्नमै रहने विश्वास पनि व्यक्त गरे। सन् २०२३ सम्म बायर्नमा सम्झौता रहेका लेवान्डोव्स्कीले सम्झौता थप गर्ने उनको विश्वास छ। रुम्मेनिगेले हालाण्डलाई लगानीको संज्ञा दिए।

हालाण्डका लागि जुन-सुकै क्लबले ठूलो लगानी गर्नुपर्ने अवस्था रहेका कारण उनले हालाण्डलाई लगानीको संज्ञा दिएका हुन्। हालाण्ड लिभरपुल जाने सम्भावना धेरै कम रहेको उनको बुझाई छ। तर, हालाण्ड रियल जान सक्छन् भन्ने कुरालाई भने नकार्न नसकिने उनले बताए।

प्रकाशित : बुधबार, भदौ ३०, २०७८१८:०५

मेस्सी, नेयमार र एमबाप्पे उतार्दा पनि पिएसजीको केहि लागेन, बराबरीमै रोकियो !