सुन एक हप्ता यताकै महँगो ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सोमबार बढेर मंगलबार स्थिर रहेको सुनको मूल्य आज बुधबार बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार २ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ६ ​सय रुपैंयाँले नै बढेको छ। यससँगै तेजाबी सुनको मूल्य ९० हजार ७ सय रुपैंयाँ कायम भएको छ।

यस अगाडी छापावाला सुन आइतबार ९० हजार ३ सय तथा सोमबार र मंगलबार ९० हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भने आइतबार ८९ हजार ८ सय तथा सोमबार र मंगलबार ९० हजार १ सय रुपैंयाँमा कारोबार भएको थियो।

सुन एक हप्ता यताकै महँगो

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक साता यताकै महँगो रहेको छ। सुन आज भदौ २२ गते यताकै महँगो रहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा आज चाँदी १२ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बुधबार, भदौ ३०, २०७८११:१९

“माओवादीलाई अब कसैले रोक्न सक्दैन, एक नम्बरको पार्टी बन्छ”