च्याम्पियन्स लिगमा आज: ८ खेल हुँदै, मेस्सीको डेब्यु पनि आजै !

एजेन्सी – युरोपियन क्लब फुटबलको लोकप्रिय युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन (२०२१–२२) को दोस्रो दिन आज (बुधबार) समूह चरणको पहिलो राउन्डको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुनेछ ।

बुधबार राति समूह ‘ए’, समूह ‘बी’,  समूह ‘सी’ र समूह ‘डी’ को खेलहरु हुनेछन् । समूह ‘ए’ मा यो सिजन खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन –पीएसजीले बेल्जियन क्लब ब्रुगको भ्रमण गर्दैछ । यो खेलमा केलियन एमबाप्पे, नेयमार र लियोनेल मेस्सीले एकपटक मैदान उत्रने सम्भावना छ । यही समूहमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा जर्मन अन्डर डग आरबी लाइप्जिगसँग खेल्दैछ ।

समूह ‘बी’ मा स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिडले घरेलु मैदानमा पोर्चुगिज क्लब एफसी पोर्टाेसँग खेल्दैछ । यही समूहमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसी मिलानसँग खेल्दैछ ।

समूह ‘सी’ मा टर्किस क्लब बेसिक्टासले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमुन्डको आतिथ्यता गर्दैछ । खेल भोडाफोन पार्क इस्तानबुल टर्कीमा नेपाली समय अनुसार राति १०ः३० बजे हुनेछ । यही समूहको खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीले घरेलु मैदानमा डच क्लब आयाक्ससँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘डी’ मा मोल्दोभाको एफसी सेरिफले युक्रेनी क्लब साख्तर डोनेस्कसँग खेल्दैछ । सेरिफले पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएको हो । सेरिफ पहिलो सहभागितामै सुखद नतिजा ल्याउने लक्ष्यमा हुनेछ ।

यही समूहमा इटालियन च्याम्पियन इन्टर मिलानले च्याम्पियन्स लिगको सर्वाधिक १३ पल्टको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडको सामना गर्दैछ । दुवै टोलीको जितको लक्ष्यसहित मैदान उत्रनेछ । लयमा रहेको करिम बेन्जेमा र भिनिसियस जुनियर घरेलु टोलीका लागि टाउको दुखाई हुन सक्नेछ ।

खेल समय

समूह ‘ए’

क्लब ब्रुगविरुद्ध पीएसजी (राति १२ः४५ बजे)
म्यानचेस्टर सिटीविरुद्ध आरबी लाइप्जिग (राति १२ः४५ बजे)

समूह ‘बी’

एट्लेटिको म्याड्रिडविरुद्ध एफसी पोर्टाे (राति १२ः४५ बजे)
लिभरपुलविरुद्ध एसी मिलान (राति १२ः४५ बजे)

समूह ‘सी’

बेसिक्टासविरुद्ध बोरुसिया डर्टमुन्ड (राति १०ः३० बजे)
स्पोर्टिङ सिपीविरुद्ध आयाक्स (राति १२ः४५ बजे)

समूह ‘डी’

एफसी सेरिफविरुद्ध साख्तर डोनेस्क (राति १०ः३० बजे)
इन्टर मिलानविरुद्ध रियल म्याड्रिड (राति १२ः४५ बजे)

प्रकाशित : बुधबार, भदौ ३०, २०७८१५:३२

एम्बाप्पेको भविष्य पीएसजी मै रहेको र क्लबमा मेस्सी-नेयमार-एम्बाप्पे एक-अर्काको पूरक बन्ने दाबी !