बार्यनले तोरीका फूल देखाइदिएको बार्सिलोनाले च्याम्पियन्स लिग जित्न जुग कुर्न पर्छ !

प्रशिक्षक रोनाल्ड कोम्यानले केहि दिन पहिले मात्र स्वीकार गरेका थिए कि बार्सिलोना यथार्थवादी हुनुपर्छ। र मंगलबार राति च्याम्पियन्स लिगको पहिलो खेलमा घरेलु मैदानमा बार्यन म्युनिखसँग ३-० ले पराजित भएको बार्साले यथार्थवादको एक नमिठो झलक देखेको छ।

तर बार्सिलोनाका साथ यस्तो स्थिति आउँछ भन्ने धेरैले आँकलन गरेका थिए किनकि यो सत्य हो कि हालको अवस्थामा क्याटालान क्लब बार्यन म्युनिख र अन्य च्याम्पियन्स लिगका दाबेदार क्लबहरु भन्दा कयौं वर्ष पछाडी रहेको छ। क्लबको अघिल्लो व्यवस्थापन बाहेक मंगलबार भएको कुनैपनि कुराको लागि कसैलाई दोष दिन मिल्दैन।

जर्मन च्याम्पियनलाई रोक्न प्रयासरत देखिएका बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोमनले अपनाएको ३-५-२ को रणनीतिमा कुनै गल्ती थिएन। तर बार्सिलोनाले जति नै प्रयास गरेपनि बार्यन म्युनिख उनीहरु भन्दा निकै मजबूत थियो।

बार्सिलोनाका लागि समयको कुरा हो। उनीहरुका लागि यो सिजन कस्तो रहन्छ भन्ने कसैले पनि भन्न सक्दैन तर क्लब भित्र भविष्यको टोली निर्माण गर्दा काम लाग्ने केहि सकारात्मक पक्ष पनि देखिएको छ। आर्थिक संकटमा फसेको क्लबका लागि अहिलेको प्राथमिकता भने कसरी क्लबमा पैसा भित्र्याउने भन्ने हुनेछ।

बार्सिलोनासँग अझै पनि केहि राम्रो खेलाडीहरु छन् जसले बायर्न विरुद्धको खेल गुमाए, जस्तै: अन्सु फाती, ओस्मान डेम्बेले र सर्जियो अगुएरो। यी खेलाडीको उपस्थितिमा बार्यन विरुद्ध एक सट पनि टार्गेटमा प्रहार गर्न नसकेको बार्साको आक्रमण केहि सुधारिएको हुन सक्थ्यो। हाल युवा खेलाडीको बाहुल्यता रहेको बार्सिलोनाले भविष्यका लागि उनीहरुमा विश्वास देखाउनु पर्नेछ। तर हालका लागि सत्य यहि हो कि बार्सिलोना च्याम्पियन्स लिग जित्न धेरै वर्ष पछाडी रहेको छ।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१३:०४

“फुटबलको हरेक रेकर्ड रोनाल्डोले तोड्दै छन्, मेस्सीलाई समर्थन गरेर के गर्नु ?”