“फुटबलको हरेक रेकर्ड रोनाल्डोले तोड्दै छन्, मेस्सीलाई समर्थन गरेर के गर्नु ?”

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो बीच को उत्कृष्ट भन्ने प्रश्नमा हरेक मानिसको फरक मत हुनसक्छ। खासगरी दुबै खेलाडीले हाँसिल गरेको उपलब्धि र सफलताका कारण पनि थुप्रै आफ्नो मत बदल्न पनि बाध्य हुन सक्छन्। यस्तो भएको छ पूर्व लिभरपुल स्टार पिटर क्राउचसँग।

४० वर्षीय पूर्व स्टोक सिटी खेलाडीले रोनाल्डो र मेस्सी बीच चल्दै आएको ‘गोट’ विवादमा आफ्नो पक्ष बदल्न सक्ने संकेत दिएका छन्। क्राउच पूर्व बार्सिलोना कप्तान लियोनल मेस्सीका ठूला समर्थक हुन्। डेल्ली मेलको कोलममा पिटरले लेखे,”म सधैं लियोनल मेस्सी म्यान रहँदै आएको छु। मेस्सी एक भगवानका उपहार नै हुन्। शिष्टता, प्राविधिक स्किल र हरेक क्षमता जुन मेस्सीमा छ, त्यो निकै नै खास रहेको छ।”

लामो समयबाट मेस्सीका प्रशंसक रहँदै आएका उनले पछिल्ला केहि महिनामा रोनाल्डोको उत्कृष्ट प्रदर्शनबाट प्रभावित हुँदै लेखेका छन्,”तर हामी अब त्यो चरणमा पुग्यौं जहाँ विवादमा मेस्सी विरुद्ध तुलना गरिने अर्को व्यक्तिले हरेक रेकर्ड तोड्दै आएको छ। मन परिवर्तन हुनसक्छ, एक पक्षबाट अर्को पक्षमा जान सकिन्छ, सायद त्यहि बाटोमा छु। के यसको लागि अनुमति छ ? यसको असर के होला ?”

‘गोट’ विवादमा वर्षौं देखि नै मेस्सीको पक्षमा रहेका पिटरले अब भने आफ्नो मन परिवर्तन गरेको जस्तो देखिन्छ। पोर्चुगिज कप्तान र अर्जेन्टिनी सुपरस्टारले विगत १५ वर्षदेखि फुटबल जगतमा राज गर्दै आएका छन्।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१३:२९

खाता खोल्न नसकेपनि गोल प्रति खेल अनुपातमा रोनाल्डो भन्दा मेस्सी धेरै अगाडी !