लिभरपुलको प्राथमिकतामा लेवान्डोव्स्की, आउने ट्रान्सफर विन्डोमा भित्र्याउने !

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलले बायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोव्स्की भित्र्याउने प्रयास गर्ने भएको छ। विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार लिभरपुलले आउने ट्रान्सफर विन्डोमा लेवान्डोव्स्की माथि बोलि लगाउने भएको हो। क्लबका प्रशिक्षक योर्गेन क्लोपको चाहना अनुसार लिभरपुलले लेवान्डोव्स्की माथि बोलि लगाउने योजना बनाएको बताइन्छ।

लिभरपुलले केहि समय देखि क्लबमा कुनै पनि नयाँ स्ट्राइकर भित्र्याएको छैन। क्लबका केहि स्ट्राइकर कम्जोर भएको अवस्थालाई मध्यनजर गर्दै एक उच्च स्तरको स्ट्राइकर भित्र्याएर लिभरपुललाई बलियो बनाउन योर्गेन चाहन्छन्। क्लोपले भित्र्याउन चाहेका खेलाडीहरुमा किलियन एम्बाप्पे, एर्लिङ हालाण्ड र लेवान्डोव्स्की जस्ता खेलाडी छन्। हालाण्ड र एम्बाप्पे भित्र्याउन धेरै संघर्ष गर्नुपर्ने भएका कारण योर्गेनको ध्यान लेवान्डोव्स्की तर्फ मोडिएको धेरैको बुझाई छ।

हुन त योर्गेनले लेवान्डोव्स्कीसंग काम गरिसकेका छन्। जर्मन क्लब बोरुसिया डर्टमुण्डको प्रशिक्षक हुँदा योर्गेन र लेवान्डोव्स्कीले सँगै काम गरेका थिए।

नयाँ चुनौती स्विकार गर्ने योजना ?

पछिल्लो एक खबरका अनुसार लेवान्डोव्स्की आफैं पनि बायर्न छाड्न चाहन्छन्। लेवान्डोव्स्कीले आउने सिजन अन्यत्र खेल्ने योजना बनाएको र उनले बायर्नका अधिकारीहरुलाई सो बारे जानकारी गराइसकेको जर्मन मिडियाहरु दावी गर्छन्।

जर्मन बुन्डेस्लिगामा लेवान्डोव्स्की गएको एक दशक भन्दा बढी समय देखि छन्। यस अन्तरालमा उनले क्लब स्तरबाट जित्न सम्पूर्ण उपाधि जितिसकेका छन्।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१०:०५

बेलिङघमले तोडे एमबाप्पेको कीर्तिमान !