बेलिङघमले तोडे एमबाप्पेको कीर्तिमान !

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका इंग्लिस युवा स्टार जुड बेलिङघमले फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले युइएफए च्याम्पियन्स लिगमा राखेको कीर्तिमान तोडेका छन् ।

बुधबार राति च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा बेसिक्टासमाथि २–१ को जित निकालेको खेलमा एक गोल र अर्काे असिस्ट दिएपछि बेलिङघमले च्याम्पियन्स लिगमा लगातार दुई खेलमा गोल गर्दै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका हुन् । उनले १८ वर्ष ७८ दिनमा लगातार दोस्रो गोल गरेका हुन् ।

यसअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पेले सन् २०१७ मा (त्यतिबेला मोनाको) बाट १८ वर्ष ८५ दिनमा लगातार दुई खेलमा गोल गर्दै च्याम्पियन्स लिगमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

बेलिङघमले गत सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्धको दोस्रो लेग खेल्दै च्याम्पियन्स लिगको डेब्युै खेलमै गोल गर्न सफल भएको थिए । दोस्रो लेगमा उनकै गोलमा अग्रता लिएपनि जोगाउन नसक्दा डर्टमुन्डले हार बेहोरेको थियो । त्यसबेला समग्रमा डर्टमुन्ड ४–२ ले पराजित भएको थियो ।

यस्तै बेलिङघम च्याम्पियन्स लिगको अवे खेलमा गोल गर्ने कान्छो इंग्लिस खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान मर्सिसाइड क्लब लिभरपुलका ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले सन् २०१७ अक्टोवरमा १९ वर्ष १० दिनको उमेरमा मारिवोरविरुद्ध अवे गोल गर्दै यो कीर्तिमान बनाएका थिए ।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१०:३५

यी दिग्गजको दाबी-“मेस्सीको कारण पीएसजी कमजोर भएको हो, च्याम्पियन्स लिग जित्न सक्दैनन्”