यी दिग्गजको दाबी-“मेस्सीको कारण पीएसजी कमजोर भएको हो, च्याम्पियन्स लिग जित्न सक्दैनन्”

पूर्व लिभरपुल स्टार माइकल ओवेनले मेस्सीको आगमनसँगै पीएसजीको आक्रमण पङ्क्ति कमजोर भएको बताएका छन्। अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेनका लागि च्याम्पियन्स लिग डेब्युमा गोल गर्न नसक्दा पीएसजी आफू भन्दा तुलनात्मक रूपमा कमजोर मानिएको क्लब ब्रुजसँग १-१ को बराबरीमा रोकिएको छ।

मेस्सीले बुधबार राति क्लब ब्रुग विरुद्ध च्याम्पियन्स लिग समूह चरणको शुरुवाती खेलमा किलियन एम्बाप्पे र नेयमारका साथ शुरू गरे, तर कुनै पनि स्टारले सन्तोषजनक प्रदर्शन गर्न नसक्दा क्लबले १-१ को बराबरी खेल्न बाध्य भयो। ‘एम-एन-एम’ नामक यस ट्रियो विश्व फुटबलको सबैभन्दा रोमाञ्चक संयोजन मध्ये एक हो तर पूर्व लिभरपुल र इंग्ल्याण्डका स्ट्राइकर ओवेनले दाबी गरे कि च्याम्पियन्स लिग जित्न पीएसजीलाई यो मात्र कतै पर्याप्त हुँदैन।

बीटी स्पोर्टसँग कुरा गर्दै ओवेनले भने,”पीएसजीमा यस्ता स्टार फरवार्ड छन् जो आफ्नै अधिकारमा अभूतपूर्व खेलाडीहरु हुन्। तर यी तीन मिलेर मेरो लागि पीएजजीलाई कमजोर बनाउँछ र मैले बुझ्न नसकेको कुरा किन उनीहरु च्याम्पियन्स लिगको प्रमुख दाबेदार हुन्। मलाई लाग्छ कि अंग्रेजी टोली (चेल्सी, लिभरपूल, म्यानचेस्टर सिटी र म्यान युनाइटेड) धेरै, धेरै उत्कृष्ट छन्।”

पीएसजीले यसै महिनाको अन्त्यमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीको सामना गर्नेछ। बुधबार नै भएको खेलमा सिटीले जर्मन क्लब आरबी लाइपजिंगलाई ६-३ गोल अन्तरले पराजित गर्दै वियाजी सुरुवात गरेको छ।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८११:१२

एम्बाप्पे भर्सेस हालाण्ड: को उत्कृष्ट ? यसो भन्छ तथ्यांक ! तथ्यांक सहित]