चलेन कतारी तेल पैसाको जादू, निराशजनक बराबरी मै रोकियो एम-एन-एम वाला पीएसजी !

पूर्व बार्सिलोना कप्तान लियोनल मेस्सीको च्याम्पियन्स लिग डेब्युमा पेरिस सेन्ट जर्मेन बेल्जियन क्लब क्लब ब्रुजसँग बराबरीमा रोकिएको छ। अग्रपङ्क्तिमा मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियो उतारेको पीएसजीले सन्तोषजनक प्रदर्शन गर्न सकेन।

स्टार खेलाडीले भरिपूर्ण रहेको पीएसजीका लागि १५ औं मिनेटमा एन्डर हेरेराले गोल गर्दै सुरुवाती अग्रता दिए। तर त्यो अग्रता लामो समय टिकेन २७औं मिनेटमा हान्स भानाकेनले इडुआर्ड सोवोलको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। जसपछि खेलमा कुनै गोल हुन नसक्दा खेल बराबरीमा टुंगिएको हो।

खेलपछि सामाजिक सञ्जालमा अहिले पीएसजीको मजाक उडिरहेको छ। धेरै फुटबल प्रशंसकले पीएसजीको कतारी तेलबाट कमाएको पैसा कुनै काम नआएको भन्दै मजाक बनाइरहेका छन्। १ बिलियन भन्दा बढी मूल्यवान टोली पीएसजी २०० मिलियन भन्दा कम मूल्यवान टोलीसँग निराशनक रूपमा बराबरीमा रोकिएसँगै सामाजिक सञ्जाल तातिएको हो।

यही समूहको अर्काे खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले १० खेलाडीमा समेटिएको जर्मन क्लब आरबी लाइप्जिगमाथि ६–३ को सानदार जित निकालेको छ । सिटीको जितमा नाथन एके, रियाद महारेज, ज्याक ग्रेलिस, जोओ क्यान्सेलो र गाब्रियल जेससले गोल गर्दा एक गोल उपहार पाएको थियो । लाइप्जिगका क्रिस्टोफोर एनकुकुले ह्याट्रिक पुरा गरेपनि हार टार्न सकेन ।

पीएसजीले आफ्नो दोस्रो खेल सेप्टेमबर महिनाको अन्त्यमा म्यानचेस्टर सिटीसँग खेल्नेछ। गत सिजन यी दुई टोली सेमी-फाइनल चरणमा प्रतिस्पर्धा गरेका थिए। जसमा समग्रमा ४-१ को जीत निकाल्दै फाइनलमा प्रवेश गरेको थियो।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१२:३२

बार्यनले तोरीका फूल देखाइदिएको बार्सिलोनाले च्याम्पियन्स लिग जित्न जुग कुर्न पर्छ !