लालिगा अध्यक्ष भन्छन्- “रियल म्याड्रिड कहिल्यै पीएसजी जस्तो हुँदैन किनकि पीएसजी चोर क्लब हो”

ला लिगाका अध्यक्ष जेभियर टेबासले रियल म्याड्रिडको कोभिड १९ महामारीको समयमा खर्च कटौती गर्ने निर्णयको प्रशंसा गर्दै जबकि पेरिस सेन्ट जर्मेनको खर्चको आलोचना गरेका छन्।

टेबासका अनुसार रियल म्याड्रिड उनीहरुको निर्णयको कारण राम्रो वित्तीय स्थितिमा छन् तर पनि खर्चको मामलामा फ्रेन्च क्लबसँग प्रतिस्पर्धा गर्न सक्दैनन्। “मैले भनेको छु कि स्पेनिस फुटबल टुटेको छैन। न रियल मड्रिड न बार्सिलोना,” टेबासले ला लिगा कार्यक्रमको दौरान भने,”युरोपका कम्तिमा ८० प्रतिशत क्लबहरु यो भन्दा खराब स्थितिमा छन्।”

रियल म्याड्रिडको तारिफ गर्दै टेबासले थपे,”मलाई लाग्छ निकै प्रयासका साथ रियल म्याड्रिडले महामारीको सबैभन्दा राम्रो व्यवस्थापन गरेको छ। खेलाडीको पारिश्रमिक बिल घटाउने विषयमा सबैभन्दा चुस्त रह्यो रियल। रियलले आफूले जे चाहन्छ त्यो गर्न सक्छ।”

स्पेनिस क्लब जति नै बलियो र शक्तिशाली भएता पनि पिएसजीको जस्तो खर्च गर्न नसक्ने उनले स्पष्ट पारेका छन्। तर यसको कारण भने उनले पैसाको अभाव नभएर पीएसजीले चिट गरेको दाबी गरेका छन्। उनले भने,”रियल म्याड्रिड कहिल्यै पीएसजी हुन सक्दैन किनकि पीएसजीले धोका दिएको छ। उनीहरुसँग ६०० मिलियन युरोको पारिश्रमिक बिल छ, जुन असम्भव छ। रियल म्याड्रिड पनि सानो-तिनो क्लब त हैन, तर पनि त्यो असम्भव छ।”

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१५:३२

खेलपछि अन्तर्वार्ता दिँदै गरेका हालाण्डलाई टिममेटले चुम्बन दिएपछि…[भिडियो सहित]