खेलपछि अन्तर्वार्ता दिँदै गरेका हालाण्डलाई टिममेटले चुम्बन दिएपछि…[भिडियो सहित]

बुधबार राति बेजिकटसलाई पराजित गरेपछि डर्टमण्ड स्टार एर्लिंग हालाण्ड पोस्ट-म्याच अन्तर्वार्तामा व्यस्त थिए। तर अन्तर्वार्ता कै बीचमा हालाण्डका टिममेट जुड बेलिंगहमले नर्वेजियन स्टारलाई चुम्बन गरेका छन्।

बेलिंगहम हिरो बनेको खेलमा डर्टमण्डले बेजिकटसलाई २-१ ले पराजित गर्दै आफ्नो युरोपेली अभियानमा विजयी सुरुवात गरेको छ। जर्मन क्लबका लागि पहिलो गोल गरेका इंग्ल्याण्ड स्टारले हालाण्डको गोलमा असिस्ट पनि प्रदान गरेका थिए। टर्किस क्लब विरुद्ध निकै उत्कृष्ट प्रदर्शन गरेका उदयमान मिडफिल्डरको तारिफ गर्दै हालाण्डले बेलिंगहमलाई ‘सानदार’ भनेर वर्णन गरेका छन्।

हलान्डको प्रशंसा बेलिंगहमले पोस्ट-म्याच अन्तर्गत आफ्नो टिममेटको गालामा चुम्बन दिएपछि आएको हो। १८ वर्षीय मिडफिल्डरको बारेमा प्रश्न गर्दा २१ वर्षीय स्ट्राइकरले भने,”उनी निकै सानदार छन्। उनी १८ वर्षका हुन्, म भन्दा ३ वर्ष कान्छो। यो भन्दा बढी मैले के भनम् ?”

१८ वर्षको उमेर मै निकै उत्कृष्ट खेल प्रदर्शन गर्ने मिडफिल्डरको तारिफ गरेर नथाकेका हालाण्डले थपे,”उनले कति राम्रो खेले, हामीले निकै संघर्ष गर्यौ र राम्रो नजिता निकाल्न सफल भएका छौं। जीतका लागि म खुसी छु।”

आफ्नो गोलका बारे प्रश्न गर्दा पूर्व साल्सबर्ग स्टारले भने,”म गोलकर्ता हुँ, यो मेरो काम हो। त्यसैले मैले गोल गर्ने पर्छ।” जर्मन क्लबका लागि विजयी सुरुवात दिनको लागि प्रमुख भूमिका खेलेका बेलिंगहम खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१६:१९

मेस्सी-नेयमार जोडीले हावा खायो, पिएसजीलाई झन् कम्जोर बनाए भन्दै गरियो यस्तो टिप्पणी !