मेस्सी-नेयमार जोडीले हावा खायो, पिएसजीलाई झन् कम्जोर बनाए भन्दै गरियो यस्तो टिप्पणी !

एजेन्सी – लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता खेलाडी भएर पनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले च्याम्पियन्स लिगमा जित्न निकाल्न सकेन। समूह ‘ए’को सबै भन्दा कम्जोर मानिएको बेल्जियन क्लब ब्रुग पिएसजी बराबरीमै रोकियो।

बुधबार राति भएको खेलमा एम्बप्पे-मेस्सी-नेयमार कसैले पनि जादू देखाउन सकेनन्। एम्बप्पे-मेस्सी-नेयमारको ट्रियोले जुन स्तरको प्रदर्शन गर्लान् भनेर आशा गरिएको थियो, त्यो स्तरको खेल प्रदर्शन एम्बप्पे-मेस्सी-नेयमार ट्रियोबाट हुन सकेन।

त्यति मात्र होइन बुधबारको खेलमा एम्बाप्पे घाइते पनि भए। पिएसजीको पचिल्ल्ला जितहरुमा निर्णायक बनेका एम्बाप्पे घाइते हुनुले पिएसजीलाई नराम्रो झड्का लागेको छ।

बराबरीलाई लिएर के भन्छन् फ्रेन्च संचार माध्यम ?

कम्जोर टोलीसंग बराबरी खेलेपछि फ्रेन्च संचार माध्यमहरुले पिएसजीको चर्को आलोचना गरेका छन्। धेरै संचार माध्यमहरुले एमएनएम ट्रियोले हावा खाएको टिप्पणी गरेका छन् भने केहि संचार माध्यमहरुले एमएनएम ‘सेट’ हुन बाँकी नै रहेको टिप्पणी गरेका छन्। त्यस्तै एक फ्रेन्च मिडियाले त मेस्सी र नेयमारका कारण पिएसजीको सन्तुलन नै बिग्रिएको भनेर लेखेको छ।

“मेस्सी र नेयमारले केहि गर्न सकेनन्।”,एक मिडियाले लेखेको छ,”मेस्सी र नेयमारका कारण पिएसजी असंतुलित देखियो। पिएसजीले विपक्षी टीमलाई दबाव दिन नै सकेन। “

पिएसजी भर्सेस म्यानचेस्टर सिटी

बुधबार समूह ‘ए’मै रहेको म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। सिटीले १० खेलाडीमा समेटिएको जर्मन प्रतिद्धन्द्धी आरबी लाइप्जिगमाथि ६–३ को फराकिलो जित निकालेको हो। आउने खेलमा पिएसजीले सिटीको सामना गर्नेछ। पहिलो खेलमै सानदार जित निकालेको सिटीको सामना गर्नु पिएसजीका लागि सहज हुने छैन।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१६:५५

पोचेटिनोको टाउको दुखाई बन्दै मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियो !