पोचेटिनोको टाउको दुखाई बन्दै मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियो !

पेरिस सेन्ट जर्मेनका मुख्य प्रशिक्षक मौरीसियो पोचेटिनोको टाउको दुखाई बनेको मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियो। एकैसाथ मेस्सी-नेयमर-एम्बाप्पे तीन सुपरस्टारलाई प्रशिक्षण दिइरहेका अर्जेन्टिनी प्रशिक्षकको अगाडी अहिले ठूलो समस्या खडा भएको छ।

कुनै पनि क्लबका प्रशिक्षकलाई समस्या हुँदैन जब लयमा रहेका दुई खेलाडीलाई बराबरी खेल समय दिएर खेलाउन। सकारात्मक समस्या होस् भन्ने हरेक प्रशिक्षकको सपना हुन्छ। तर पीएसजीको केसमा यो समय अर्कै स्तरमा रहेको छ र अरु कुनै पनि विगतका समस्यासँग तुलना गर्न नसकिने किसिको रहेको छ।

फुटबल जगतमा यस्ता थुप्रै ट्रियो रहेका छन् जसले एकसाथ निकै तहल्का मच्चाएका थिए। बार्सिलोनाका मेस्सी-सुवारेज-नेयमार (एम-यस-एन) ट्रियोले क्याम्प नाउमा हुँदा निकै राम्रो प्रदर्शन गरे। त्यस्तै, रियल म्याड्रिडमा बेल-बेन्जेमा-रोनाल्डो (बी-बी-सी) ले पनि एक अर्कालाई राम्रोसँग बुझ्दै विश्व फुटबलमा तहल्का मच्चाएका थिए।

तर यो ट्रियो फरक रहेको छ। अन्य सफल ट्रियोमा एक सुपरस्टार खेलाडी थिए र अन्य दुई निकै उत्कृष्ट खेलाडी तर सहायक भूमिका खेल्ने गरेका थिए। तर हाल पेरिसको अवस्थामा भने तीनै स्टार कुनै पनि टोलीको सुपरस्टार तथा मुख्य खेलाडी हुने क्षमताका खेलाडी रहेका छन्। यस्तोमा, तीनै खेलाडी आक्रमण पङ्क्तिको प्रमुख सदस्य बन्न चाहन्छन्। तर त्यो सम्भव नै छैन।

यस्तोमा अर्जेन्टिनी प्रशिक्षकको लागि निकै घातक मानिएको एम-एन-एम नाम दिइएको ट्रियोको व्यवस्थापन गर्नको लागि नै समस्या हुने देखिएको छ। टोलीको मुख्य ह-ति’यार मानिएको ट्रियो नै अहिले प्रशिक्षकको टाउको दुखाईको विषय बन्न सक्छ।

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८१२:३८

‘च्याम्पियन्स लिग ग्रेट’ बन्ने बाटोमा हालाण्ड, खेल भन्दा बढी गोल !