पीएसजीमा मेस्सी खत्तम हुने मेस्सी समर्थकको चिन्ता [भिडियो सहित]

लियोनल मेस्सीको पेरिस सेन्ट जर्मेनका लागि पहिलो च्याम्पियन्स लिग खेल क्लब ब्रुगसँग १-१ को बराबरीको अन्त्य भयो। उक्त खेलको एक फुटेजले प्रमाणित भयो कि उनी उनका टिममेटसँग ‘निराश’ थिए। ६ पटकका ब्यालोन डी’ओर विजेताले बुधबार राति च्याम्पियन्स लिगको समूह ‘ए’ को उद्घाटन खेलमा पीएसजीलाई जित दिलाउन सकेनन्।

आफ्नो स्तरले मेस्सीको लागि बेल्जियन क्लब विरुद्धको खेल निराशजनक रह्यो। यस्तोमा केहि मेस्सी समर्थकले किन मेस्सीको प्रदर्शन राम्रो हुन सकेन भनेर हरेक पक्ष केलाउन सुरु गरेका छन्। @MessiMX30i नामक एक ट्वीटर प्रयोगकर्ताले एक भिडियो सार्वजनिक गरेका छन् जसमा मेस्सीले क्लब ब्रुजको निकै अनुसाशित डिफेन्स लाइन तोड्ने प्रयास गर्दै छन् तर उनलाई पीएसजी टिममेटले साथ दिइरहेका छैनन्।

https://twitter.com/i/status/1438244438460047362

जसपछि अहिले धेरै फुटबल समर्थकले क्लबमा मेस्सी अनुकूल हुन नसक्ने र मेस्सीका लागि पीएजसी सहि क्लब नभएको समेत आँकलन गर्न सुरु गरिसकेका छन्।

स्टार खेलाडीले भरिपूर्ण रहेको पीएसजीका लागि १५ औं मिनेटमा एन्डर हेरेराले गोल गर्दै सुरुवाती अग्रता दिए। तर त्यो अग्रता लामो समय टिकेन २७औं मिनेटमा हान्स भानाकेनले इडुआर्ड सोवोलको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। जसपछि खेलमा कुनै गोल हुन नसक्दा खेल बराबरीमा टुंगिएको हो। पीएसजीले आफ्नो दोस्रो खेल सेप्टेमबर महिनाको अन्त्यमा म्यानचेस्टर सिटीसँग खेल्नेछ।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१४:४७

लालिगा अध्यक्ष भन्छन्- “रियल म्याड्रिड कहिल्यै पीएसजी जस्तो हुँदैन किनकि पीएसजी चोर क्लब हो”