“एमालेमा सुन र हिरा मात्रै बाँकी छ”

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले नेकपा एमाले हिरा भएको दावी गरेका छन्। नेकपा एमाले काठमाडौ जिल्लाका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्नेक्रममा श्रेष्ठले बुधबार नेकपा एमालेलाई हिरा र सुनको संज्ञा दिएका हुन्।

पूर्वमन्त्री समेत रहेका श्रेष्ठले नेकपा एमाले राजनीतिक, वैचारिक सैद्धान्तिक रुप स्पष्ट रहेको मात्र बताएनन् एमाले सुनको पार्टी भएको पनि बताए। एमालेमा हिरा र सुन मात्रै बाँकी रहेको उनको भनाई छ।

माधव नेपाल सहितका नेताहरु एमालेबाट छुट्टिएर गएको प्रति लक्षित गर्दै श्रेष्ठले पित्तल, काँसका टुक्राहरू छुट्टिएर जाँदैमा खासै फरक नपर्ने टिप्पणी गरे।

“हरेक पहेँला धातुहरु सुन हुँदैन। हरेक चम्किला सिसाहरु हिरा हुँदैनन्। हिरा हो कि सिसा हो भनेर छुट्याउने क्षमता तपाईंहरुसँग हुनुपर्छ। एमाले काँचको टुक्राहरुको पार्टी होइन। हिराहरुको पार्टी हो। हिरा र सिसा छुट्याउने आँट तपाईंहरुसँग हुनुपर्छ।”,श्रेष्ठले भने,सुन र पित्तल छुट्याउन सक्नुपर्छ । एमाले सुनको पार्टी हो, एमालेमा हिरा र सुन मात्रै बाँकी छ ।”

 

 

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१५:१३

माधव नेपाल माथि ओलीको टिप्पणी – ‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधानमन्त्री भइसक्नुभयो’