मिग्नोलेट भन्छन् – ‘मेस्सी-नेयमार-एम्बाप्पेलाई रोक्न मैले धेरै मिहिनेत गर्न परेन”

एजेन्सी – लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता खेलाडी हुँदा पनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले च्याम्पियन्स लिगको पहिलो खेलमा जित निकाल्न सकेन।

तुलनात्मक रुपमा समूह ‘ए’को सबै भन्दा कम्जोर मानिएको बेल्जियन क्लब ब्रुगसँग बराबरीमा रोकिन पुग्यो। मेस्सी-एम्बाप्पे-नेयमार एक साथ उत्रँदा पिएसजीले आक्रामक फुटबल खल्ने धेरैको अनुमान थियो। तर, त्यतो हुन सकेन। पिएसजीको आक्रमण धेरै फितलो देखियो। ब्रुगले १७ शट हान्दा पिएसजीले ९ शट मात्र हान्न सक्यो। बलमा राम्रो पकड कायम गर्न सकेपनि पिएसजीको तर्फबाट खासै राम्रा प्रहार हुन सकेन।

पिएसजीलाई बराबरीमै रोक्न सफल भएको ब्रुगका गोलरक्षक साइमन मिग्नोलेट पिएसजी विरुद्धको खेलमा आफूले धेरै मिहिनेत गर्न नपारेको बताउँछन्। उनले पिएसजी विरुद्ध धेरै मिहिनेत गर्नुपर्ने सोचेका थिए। तर सोचेजस्तो कठिन नभएको उनको भनाई छ। ३३ वर्षिय मिग्नोलेटका अनुसार ब्रुगका डिफेन्डरहरुले राम्रो खेलेका कारण उनले धेरै मिहिनेत गर्न परेन।

“मैले साँच्चै धेरै मिहिनेत गर्न परेन। सामूहिक रूपमा हामीले धेरै राम्रो खेल्यौं।”,मिग्नोलेट भन्छन्,”हामीले अविश्वसनीय आक्रमण पङ्गति भएको टीम विरुद्ध एक भएर बलियो प्रदर्शन गर्यौं।”

पिएसजीका खेलाडीहरुलाई आफूहरुले खासै खालि ठाउँ नदिएको र त्यसलेले उनीहरुलाई रोकेको उनले बताए। पिएसजीसँग खेल्दा खासै गार्हो नभएको उनको भनाई छ।

उनले भने,”हामीले सामूहिक रुपमा राम्रो डिफेन्ड गर्यौं। उनीहरुलाई हामीले खालि ठाउँ(स्पेस)नै दिएनौं। मैले दुई तीन प्रहार बचाएँ। तर ती रोक्न गार्हो थिएनन्।”

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८१४:०९

‘रोनाल्डोले युनाइटेडलाई च्याम्पियन्स लिग जिताउने आशा’