‘रोनाल्डोले युनाइटेडलाई च्याम्पियन्स लिग जिताउने आशा’

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर नेमान्जा म्याटिकले क्रिस्टियानो रोनाल्डोलाई उनको गोल गर्ने भोक कै कारण ‘खतरनाक खेलाडी’ भनेका छन्।

इन्डियन एक्सप्रेस को माध्यमबाट स्टार स्पोर्ट्ससँग कुरा गर्दै म्याटिकले दाबी गरेका छन् कि क्रिस्टियानो रोनाल्डोले आआफ्नो टोलीलाई मद्दत गर्नका लागि राम्रो खेल खेल्नु पर्छ नै भन्ने छैन किनकि उनी कुनै पनि समयमा गोल गर्न सक्ने क्षमता भएका खेलाडी हुन्। म्यानचेस्टर युनाइटेड मिडफिल्डरले भने,”उनी निकै खतरनाक खेलाडी हुन्। उनको टोलीले जित्नको लागि सधैं राम्रो खेल्नु पर्छ भन्ने छैन, त्यो उनको गुण हो। जब उनको टोलीले राम्रो खेलिरहेको हुँदैन, त्यो समयमा पनि उनी प्राय: गोल गर्ने गर्छन्।”

“उनी गोलका लागि सधैं भोका रहेका छन्। यदि तपाईंको टोलीमा यस्ता खेलाडी छन् भने आफ्नो बेस्ट खेल दिएर बक्समा राम्रो बल दिए पग्छ,” पूर्व चेल्सी स्टारले भने। यहि सिजन मात्र म्यानचेस्टर फर्किएका रोनाल्डोले रेड डेभिलका लागि निकै उत्कृष्ट सुरुवात गरेका छन्। प्रिमियर लिग डेब्युमा न्युकासल विरुद्ध २ गोल गरेका ५ पटकका ब्यालोन डी ओर विजेताले च्याम्पियन्स लिग डेब्युमा योंग बोइज विरुद्ध पनि गोल गरेका थिए।

रोनाल्डोको आगमनले युनाइटेडलाई प्रिमियर लिगको दाबेदार बनाएको छ। म्यानचेस्टर सिटी र चेल्सी जस्ता क्लब अझै पनि युनाइटेड भन्दा मजबूत भएता पनि उनीहरुसँग क्रिस्टियानो रोनाल्डो फ्याक्टर भने पक्कै हुने छैन। प्रिमियर लिग जित्ने आफ्नो क्लबको सम्भावना बारे बोल्दै म्याटिकले भने,”मलाई लाग्छ यो भन्न सहि समय हुन्छ कि हामी प्रिमियर लिग जित्न चाहन्छौं। हामीसँग राम्रो टोली छ, मैले सबैलाई खुसी र कडा मेहनत गरेको देखेको छु। मेरो लक्ष्य भनेको यो सिजन प्रिमियर लिग जित्ने हो र पक्कै पनि च्याम्पियन्स लिग।”

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८१५:४३

रोनाल्डोले छाडेपछिकै उत्कृष्ट लयमा रियल म्याड्रिड, एकाएक कसरी भयो यस्तो कमाल !