२४ घण्टामा १५ सय भन्दा बढी संक्रमित थपिए, १३५१ जना संक्रमणमुक्त !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ८३ हजार ०७५ पुगेको छ भने एन्टिजेन विधिबाट ८८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको छ।

थप ८ हजार ६६५ जनाको पिसिआर परीक्षण तथा ३ हजार ७२० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट एक हजार ०८६ तथा एन्टिजेनबाट ४७२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४० लाख ७७ हजार २५६ जना पुगेको छ । हालसम्म ७ लाख ४६ हजार ५६६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९५ दशमलप ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या २५ हजार ४९७ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १० जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार ०१ २  पुगेको छ।

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८१६:३४

कक्षा १२ को परिक्षा सकेर उत्तरपुस्तिकाको टिकटक बनाउँदै एक छात्रा [भिडियो सहित]