सुनको भाउ पुन: ओरालो लाग्यो, ३९ दिन यता कै सस्तो !

आइतबार स्थिर रहेको सुनको भाउ आज ओरालो लागेको छ। गत शुक्रबार ३८ दिन यताकै सस्तो भएको सुनको भाउ आइतबार भने कुनै प्रकारको घटबढ भएको थिएन। आइतबारको तुलनामा सोमबार सुनको भाउ २ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापवाला सुनको मूल्यमा २ सय रुपैयाँको गिरावट आएको हो। जससँगै आज नेपाली बजारमा छापवाला सुनको भाउ तोलाको ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। शुक्रबार र आइतबार छापावाला सुन ८९ हजार १ सय प्रतितोलामा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्यमा पनि आज २ सय रुपैयाँको गिरावट आएको छ। शुकबार र आइतबार तोलाको ८८ हजार ६ सय ५० मा किनबेच भएको तेजाबी सुन आज भने तोलाको ८८ हजार ४ सय ५० कायम भएको छ।

सुन ३९ दिन यताकै सस्तो

आइतबार कायम भएको सुनको मूल्य गत ३८ दिन यता कै सस्तो रहेको छ। गत साउन २७ गते छापवाला सुनको मूल्य ८८ हजार ८ सय र तेजाबी सुनको मूल्य ८८ हजार ३ सय ५० कायम भएको थियो। जसपछि कुनै पनि दिन सुनको भाउ आजको विन्दुमा झरेको थिएन।

चाँदीको मूल्य पनि घट्यो

सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर ११ सय ३५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : सोमबार, असोज ०४, २०७८११:१७

आजबाट खुल्यो यस कम्पनिको आइपिओ, कत्ति कित्ता भर्ने?