मैदानबाट फिर्ता बोलाएको फिटिक्कै मन पराउँदैनन् मेस्सी, २०१२ मै गार्डियोलाले यसो भनेका थिए !

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लियोनमाथि रोमान्चक जित निकाल्दा चर्चा र विवादमा लियोनेल मेस्सी रहे। उक्त खेलमा मेस्सी प्रतिस्थापन गरिएका थिए। पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले मैदानबाट फिर्ता बोलाउँदा मेस्सीको हाउ-भाउ फरक थिए। मेस्सीको हाउ-भाउले उनी रिसाएको स्पष्ट पारेको थियो।

खेलको इन्ज्युरी समयमा इकार्डीले गोल गर्दा पनि मेस्सी खासै सन्तुष्ट देखिएनन्। इकार्डीको गोलले पिएसजीलाई जिताउँदा पूरा पिएसजी उत्साहित भएपनि मेस्सी खासै उत्साहित भएको देखिएनन्। यसै विषयलाई लिएर अहिले विभिन्न प्रकारमा टिका-टिप्पणी भइरहेका छन्।

मेस्सीलाई नजिकबाट चिन्नेहरु मेस्सी आफूलाई मैदानबाट फिर्ता बोलाएको खासै मन पराउँदैनन्। उनी पूरा समय मैदानमा बस्न रुचाउने मेस्सीलाई नजिकबाट चिन्नेहरुको भनाई छ।

चर्चित प्रशिक्षक पेप गार्डियोला आफैंले मेस्सी मैदानबाट फिर्ता हुन मननपराउने बताएका थिए। सन् २०१२ मा गार्डियोलाले मेस्सीलाई मैदानबाट सकेसम्म फिर्ता बोलाउन नहुने बताएका थिए।

“लियोलाई थोरै मात्र भन्नुपर्छ र उनले के भन्छन् सुन्नुपर्ने हुन्छ। उनलाई मैदानबाट फिर्ता बोलाउन हुँदैन भन्नेकुरा त झनै भुल्न हुँदैन। अन्त्यमा पनि फिर्ता बोलाएको उनलाई मनपर्दैन।”,सन् २०१२ मा गार्डियोलाले मेस्सी बारे बताएका थिए।

हुन त कुनै पनि खेलाडी आफूलाई मैदानबाट पूरा समय खेल्न नदिई फिर्ता बोलाएको मन पराउँदैनन्। यस मामलामा मेस्सी अरु खेलाडी भन्दा अलि बढी गम्भीर रहेको बताइन्छ।

प्रकाशित : मङ्गलबार, असोज ०५, २०७८१४:५८

मार्का भन्छ – “बार्सिलोना सिजनको शुरुमै उपाधि होडबाट आउट”