कोम्यानलाई बर्खास्त गर्ने ‘मुड’मा बार्सिलोना ! को होला नयाँ प्रशिक्षक ?

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोम्यानको विकल्प खोज्न थालेको छ। बार्सिलोनाको निरन्तर कम्जोर प्रदर्शनसँगै क्लब नयाँ प्रशिक्षकको खोजिमा जुटेको हो।

कोम्यान गएको वर्ष देखि बार्सिलोनालाई सम्हालिरहेका रहेका छन्। गएको एक वर्षमा उनले एक उपाधि दिलाएपनि बार्सिलोनाको प्रदर्शन सन्तोषजनक छैन। कोम्यान बर्खास्त हुने चर्चा धेरै समय देखि चलिरहेपनि बल्ल अहिले आएर बार्सिलोना उनको विकल्प खोज्न तयार भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरु दावी गर्छन्।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुले दावी गरेअनुसार नयाँ प्रशिक्षक फेला पर्ने बितिकै कोम्यान बर्खास्त हुनेछन्। त्यसको लागि बार्सिलोनाले तयारी पनि शुरु गरिसकेको छ।

सोमबार राति बार्सिलोनाले लालिगामा कम्जोर प्रदर्शन गरेपछि बार्सिलोनाका अधिकारीहरु कोम्यानको बर्खास्तीलाई लिएर झनै स्पष्ट भएको बताइन्छ। गएराति बार्सिलोनाले ग्रानडा विरुद्ध बराबरी खेलेको थियो।

कोम्यानलाई तत्काल बर्खास्त गर्ने भन्दा पनि केहि खेल कुरेर नयाँ प्रशिक्षक भेटिएपछि मात्र ठोस कदम चाल्ने योजनामा बार्सिलोनाका अधिकारीहरु रहेका छन्।

को होला विकल्प ?

बताइएअनुसार, बार्सिलोना कम समयका लागि नयाँ प्रशिक्षक नियुक्त गर्न चाहँदैन। बार्सिलोनालले दिर्घकालिन योजनाका लागि परिपक्क प्रशिक्षक चाहेको छ। बार्सिलोनाको नयाँ प्रशिक्षकमा बार्सिलोनाका पूर्व कप्तान जाभी, बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज गरी दुई जनाको नाम अगाडी आइरहेको छ। जाभी कतारमा व्यस्त छन् भने मार्टिनेज पनि बेल्जियमको राष्ट्रिया टोलीमा व्यस्त छन्। बार्सिलोनाको प्रशिक्षकमा नाम अगाडी आएका अर्का व्यक्ति एन्टोनियो कोन्टे हुन्। इन्टर मिलानका पूर्व प्रशिक्षक कोन्टे भने अहिले खालि छ।

प्रकाशित : मङ्गलबार, असोज ०५, २०७८१७:३५

मेस्सी चोटिल भएको खुलासा, कति समय मैदान बाहिर रहने ? पीएसजीले दियो यस्तो अपडेट !