काठमाडौँ,२६ भदौ । बढ्दो शहरिकरणको चापका कारण शहरिय क्षेत्रमा अक्सिजनको मात्र निकै कम रहेको अध्यनहरुले देखाएको छ । त्यतिमात्र हैन् यतिबेला राजधानी लगायत अन्य शहरहरुमा पनि दैनिकजसो बढ्दो शहरीकरणले गर्दा प्रदुषणको मात्रा बढ्दै गएको छ । यता काठमाडौँको कुरा गर्ने हो भने काठमाडौँबासीको लागि त सास फेर्न पनि स्वास्वथ्यको लागि हानिकार जस्तै भएको छ । जहाँ सास फेर्नको लागि उचित हावा नै छैन् ।
काठमाडौँमा मात्र नभएर देशका विभिन्न शहरहरु नै प्रदुषणको मारमा परिसकेका छन् । मानव स्वास्थ्यको लागि जति स्वस्थ र ताजा खानेकुराको जति जरुरी पर्छ त्यति नै शुद्ध हावाको आवश्यकता पर्छ । खानेकुरा भन्दा पनि अक्सिजन पुगेन भने शरिरमा अनेक किसिमका रोगहरु पैदा हुने गर्छ । अक्सिजन यस्तो चीज हो सजिव वस्तुको लागि नभइ नहुने चिज हो भने यो निशुल्क पाइने चीज हो ।
शहरवासीहरुको लागि हाव अपर्याप्त जस्तै बनेको छ । शहरीकरण ले बढ्दो जनसंख्या वृद्धि सवारी साधनको चाप दुवा धुलो मानव निर्मित उद्योग कलकारखाना आदिले गर्दा उत्पन्न भएका चिजहरुले ल्याएको प्रदुषणले मानिसको आयु नै छोटो बनाइदिएको छ । यस्तो बेला हामाीले आफ्नो घरवरपर रुख विरुवा हुर्काउनुको साथै आफ्नो घर वरपरको वातावरणलाई अनुकुल बनाउन जोड दिनु पर्ने हुन्छ । हामाीले आफ्नो घरवरपर केही यस्ता वनस्पति लगाउने गर्नुपर्छ जसले आफ्नो घरवरपर रहेको हावालाई शुद्ध बनाउँछ । जुन रोप्नको लागि ठूलो जग्गाको आवश्यकता पर्दैन् जसको लागि फोहोरमा फ्याक्न लागेको प्याल्स्टिकका भाँडा, माटोको भाँडा मा आफ्नो घरमा बार्दली घर आँगन बैगैँचामा रोप्न सक्नुहुनेछ ।
चमेली : घरमा सुन्दरता थप्नको लागि पनि तपाइले आफ्नो घरको बार्दलीमा चमेलीको फुल रोप्न सक्नुहुनेछ । चमेलीले वायुमण्डल शुद्धिकरणमा पनि महत्वपूर्ण भूमिका खेल्छ । साथै घरमा रोपिएको चमेलीले घरलाई शुद्धिकरण गर्न पनि विशेष महत्व राख्छ ।
घिउकुमारी : औषधीय गुणले भरिपूर्ण रहेको घिउकुमारी अति उपयोगी वनस्पति हो । घरमा सजिलै लगाउन सकिने घिउ कुमारी स्वास्थ्य र सौन्दर्य दुवैको लागि प्रयोग गरिन्छ । हाम्रो आसपासमा घिउकुमारी छ भने, त्यसले स्वास्थ्यमा निकै राम्रो प्रभाव पार्छ ।
तुलसी : तुलसीलाई परम्परागत औषधीको रुपमा पनि लिने गरिन्छ । तुलसीलाई स्वास्थ्यको दृष्टिले अति उपयोगी वनस्पतिको रुपमा लिने गरिएको छ । तुलसीलाई पर्यावरणलाई पनि शुद्ध बनाउने गर्छ ।
पुदिना : जति पुदिनाको स्वाद मिठो हुन्छ त्यतिकै मात्रामा वास्ना पनि मिठो हुन्छ । विशेष गरेर पुदिनलाई पेटको समस्याको लागि प्रयोग गरिन्छ । पुदिनालाई हामी आफ्नो घरको गमलामा पनि लगाउन सक्छौँ । जसले घरको सुन्दरता बढाउनुको साथै यसको प्रयोगले रगतमा शुद्धिकरण हुनुको साथै हावालाई पनि शुद्ध बनाउने गर्छ ।