बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानका अनुसार पूर्व क्लब कप्तान लियोनल मेस्सीको बहिर्गमनले क्लबमा ठूलो प्रभाव परेको छ। गत अगस्टमा २१ वर्ष बार्सिलोनामा बिताएपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन प्रस्थान गरेका हुन्।
बार्सिलोनामा ६ पटक ब्यालुन डी ओर विजेता बनेका मेस्सी फुटबल इतिहास कै सर्वश्रेष्ठ मध्ये एक खेलाडी मानिन्छन्। यसै सिजनको सुरुवातमा बार्सिलोनासँग नयाँ सम्झौता हुन नसकेपछि ३४ वर्षीय स्ट्राइकर क्याटालान क्लब छाड्न बाध्य भएका थिए। बार्सिलोनामा १० लालिगा र ४ च्याम्पियन्स लिग उपाधि जितेका मेस्सीको अनुपस्थितिमा अन्सु फाती जस्ता युवा स्टारमा मेस्सी क्लबमा हुँदा जस्तो जोश नभएको कोम्यानले खुलासा गरेका छन्।
कोम्यानले भने,”मेस्सी हुँदा हामो प्रदर्शन निकै उत्कृष्ट हुन्थ्यो। हामी अब कहिलेकाहीँ पास र किक अभ्यास गर्छौं, जहाँ सानो लक्ष्यमा गोल गर्नुपर्छ। एक दिन मैले अन्सु फातीले तीन मिटर यता-उता शट हानेको देखें, केवल एकाग्रताको कमीको कारण। तर यदि मेस्सी अझै बार्सिलोनामा हुन्थे भने उनले त्यस्तो काम गर्दैनथे।”
जोहान क्रुएफ भन्दा अरु कुनै एक पनि मेस्सीको भन्दा उत्कृष्ट फुटबलको बौद्धिकता भएको मानिस नदेखेको बयान दिँदै उनले भने,”मैले जोहान क्रुएफ बाहेक कसैलाई पनि उनको जस्तो फुटबलको बौद्धिकताका साथमा भेटेको छैन। अल्फ्रेड(कोम्यानको सहायक] ले कहिलेकाहीँ अंग्रेजीमा अभ्यास व्याख्या गर्छन् र मेस्सीले राम्रोसँग अंग्रेजी बोल्दैनन्। तर केहि सेकेन्डपछि उनलाई सबै थाहा हुन्थ्यो।”