काठमाडौँ – लगातार दुई दिन बढेको सुनको मूल्य आज घटेको छ। मंगलबार र बुधबार लगातार दुई दिन बढेको सुनको मूल्य बिहिबार घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ८९ हजार ६ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै घटेको छ। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ८९ हजार १ सय ५० रुपैंयाँ कायम भएको छ।
यस अगाडी छापावाला सुनको मूल्य आइतबार ८९ हजार १ सय, सोमबार ८८ हजार ९ सय, मंगलबार ८९ हजार २ सय र बुधबार ९० हजार १ सय रुपैंयाँ रहेको थियो।
त्यस्तै तेजाबी सुनको मूल्य भने आइतबार ८८ हजार ६ सय ५०, सोमबार ८८ हजार ४ सय ५०, मंगलबार ८८ हजार ७ सय ५० र बुधबार ८९ हजार ६ सय ५० रुपैंयाँ रहेको थियो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु १० ले घटेर ११ सय ५५ रुपैंयाँमा कारोबार भइरहेको छ।