एजेन्सी – इतिहाँसकै नाजुक अवस्थाबाट गुज्रिरहेका क्याटलान क्लब बार्सिलोनालाई लिएर विभिन्न टिका-टिप्पणी भैरहेको छ। गएको केहि वर्ष देखि ओरालो लाग्न थालेको बार्सिलोना लियोनेल मेस्सीले क्लब छाडेपछि झनै गम्भीर अवस्थामा आइपुगेको छ।
पछिल्ला खेलहरुमा जति बार्सिलोना कहिले पनि कम्जोर देखिएको थिएन। गएका वर्षहरुका क्लबको व्यवस्थापनबाट भएका कमि-कमजोरीहरुले बार्सिलोनालाई अहिले पार्न सम्म समस्यामा पारिरहेको छ। समस्या गम्भीर रुपमा बढ्दै जाँदा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान र अध्यक्ष जोआन लापोर्टा बीच असमझदारी बढेको खबर पनि आउन थालेको छ।
यसै बीच बार्सिलोनाका लेजेण्ड कार्लेस पुयोलले अफ्ठेरो परिस्थितमा एक भएर अगाडी बढ्नुको विकल्प नभएको बताएका छन्। सामाजिक संजाल मार्फत एक भएर बार्सिलोनालाई साथ र समर्थन गर्नुपर्ने बताएका हुन्।
“यो सजिलो समय होइन। हामी एकजुट भयौं र टीमलाई समर्थन गर्यौं भने मात्रै क्लबलाई अगाडी बढ्न सहज हुन्छ।”,सामाजिक संजालमा पुयोलले लेखेका छन्।
गएको केहि समय देखि बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त हुने चर्चा छ। तर बुधबार कोम्यानले पत्रकारहरुका बीच बार्सिलोनाको पुननिर्माणका लागि आफूले भने जस्तो सहयोग प्राप्त नगरेको संकेत गरेका थिए। त्यसयता कोम्यान र लापोर्टा बीच समझदारी कायम हुन नसकिरहेको चर्चा चलिरहेको छ।