९६ प्रतिशत मानिस भए संक्रमणमुक्त, मृत्यु दर १.४ प्रतिशत !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप १ हजार २३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ८८ हजार ७६९ पुगेको छ भने एन्टिजेन विधिबाट ८९ हजार ९०७ जनामा संक्रमण पुष्टि भएको छ।

थप ११ हजार ६२९ जनाको पिसिआर परीक्षण तथा ३ हजार ६१४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ९४१ तथा एन्टिजेनबाट २९८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४१ लाख ३६ हजार २०८ जना पुगेको छ । हालसम्म ७ लाख ५६ हजार ९५४ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३२४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या २० हजार ७४३ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १३ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार ०७२  पुगेको छ।

प्रकाशित : बिहिबार, असोज ०७, २०७८१६:२६

प्रियंकाकी छोरी जन्मिनसाथ भईन सेलिब्रेटी, २ दिनमै यति धेरै फलोअर्स!