कोम्यानले पनि पाए रेडकार्ड: रिसाउँदै भने – ‘यो देशमा जे पनि हुने रहेछ’

एजेन्सी – बार्सिलोनाक प्रशिक्षक रोनाल्ड कोम्यानले आफूलाई रेडकार्ड दिने रेफ्रिको आलोचना गरेका छन्। बिहिबार राति क्याडिज विरुद्धको खेलमा रेडकार्ड देखाउने रेफ्रिको आलोचना गरेका हुन्।

स्पेनिस ला लिगामा क्याडिज विरुद्ध बार्सिलोना रोकिएपछि बार्काटिभीसग कुराकानी गर्नेक्रममा आफूलाई त्यतिकै रेडकार्ड दिइएको बताए। उनले भने,”यो देशमा त्यतिकै रेडकार्ड पाइन्छ।”

बिहिबार राति क्याडिज विरुद्धको खेलमा बार्सिलोना क्याडिजसँग बराबरीमा रोकिन पुग्यो। खेलको ६५औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै फ्रान्की डि जोङ मैदानबाट बाहिरिएपछि बार्सिलोना समस्यामा परेको थियो। खेलको अन्त्यमा सर्जियो बुस्केटले पहेंलो कार्ड पाउँदा कोम्यानले प्रतिवाद गरे। जसकारण उनलाई रेफ्रिले रेड कार्ड देखाए। अब कोम्यान आउने खेलमा मैदानमा देखिने छैनन्।

आफूलाई रेड कार्ड देखाइएको विषयमा टिप्पणी गर्दै कोम्यानले मैदानमा दोस्रो बल छ भन्दै रेफ्रिलाई जानकारी गराएकै कारण रेड कार्ड दिइएको बताए। रेफ्रिले आफूलाई त्यतिकै हडबडीमा फिर्ता पठाएको कोम्यानको भनाई छ।

“मैदानमा दोस्रो बल छ भनेकै कारण मलाई उनीहरुले फिर्ता पठाए। यो देशमा त्यतिकै फिर्ता पठाइने गरेछ। मैले किन भनेर सोध्दा रेफ्रिले ‘रवैया’ भन्ने जवाफ आयो।”,कोम्यानले भने खेल पछि भने।

प्रकाशित : शुक्रबार, असोज ०८, २०७८०८:४०

“यो बार्सिलोना केहि होइन जोक हो”