लेवान्डोवस्की भर्सेस सलाह: क्लोपको नजरमा को उत्कृष्ट ?

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले लिभरपुलका गोलमेसिन मोहम्मद सलाह रोबर्ट लेवान्डोवस्कीकै स्तरको खेलाडी रहेको बताएका छन्। शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा क्लोपले सलाह लेवान्डोवस्कीकै स्तरको खेलाडी रहेकोमा कुनै सन्देह नभएको बताएका हुन्।

आफूले कोच गरेका उत्कृष्ट खेलाडीहरु मध्येको उत्कृष्ट गोलकर्ताको सूचीमा सलाह र लेवान्डोवस्की दुवै एकै ठाउँमा पर्ने क्लोपले बताए। सलाह लेवान्डोवस्की भन्दा कम नभएको क्लोपको भनाई छ। क्लोपको नजरमा सलाह एक गोलमेसिन हुन्। व्यावसायिकताको रुपमा सलाह कोहि भन्दा पछाडी नरहेको क्लोपले दावी गरे।

“मो सलाह बिल्कुलै लेवान्डोवस्कीको स्तरमा छन्। त्यसमा कुनै शंका छैन। “,क्लोपले भने,”मो एक गोलमेसिन हुन्। उनको व्यावसायिकता कुनै खेलाडी भन्दा पछाडी छैन।”

सलाह फिट रहन धेरै मिहिनेत गर्ने पनि क्लोपले बताए। दुवै खेलाडी गोल गर्ने तिब्र चाहनाका कारण पनि केहि समान छन्। क्लोपले भने,”पक्कै पनि मो गोलमेसिन हुन्। उनी व्यावसायिकतामा कोहि भन्दा पनि पछि छैनन्। फिट रहन र लयामा रहन उनी जे पनि गर्छन्।”

सलाह र लेवान्डोवस्कीमा केहि समानता रहेको क्लोपले बताए। क्लोपले भने,”त्यो भन्दा माथि, प्राविधिक कौशलता र यी सबै प्रकारका चीजहरु बाहेक सलाह गोल गर्ने तिब्र चाहना राक्छ्न्न। यो लेवान्डोवस्कीको जस्तै मानसिकता हो।”

सलाह कुन स्तरका खेलाडी हुन् भन्ने कुरा उनले गरेका गोलसंख्याले नै स्पष्ट पार्ने क्लोपको भनाई छ।

प्रकाशित : शनिबार, असोज ०९, २०७८१०:२८

कम पेनाल्टी पाउन थालेपछि आत्तिए सोल्सजार, यी प्रशिक्षक माथि थोपरे दोष !