भोलि करोडौ बराबरको यस कम्पनिको आइपिओ भर्ने अन्तिम दिन, भर्नुभयो?

सर्वसाधारणको लागि बिक्री खुला भएको साहस ऊर्जा कम्पनिको  प्राथमिक शेयर (आइपिओ) भर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले असोज ६ गतेबाट बिक्री खुला गरेको आइपिओ असोज १० गते  अर्थात् भोलिसम्म जारी रहनेछ ।

यस कम्पनीको आइपिओ बिक्रि खुला भएको दोस्रो दिनमै मागभन्दा २ दशमलव ९१  गुणा बढी आवेदन परेको थियो।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये सामुहिक लगानी कोषका लागि ३ लाख ५० हजार कित्ता र कर्मचारीका लागि २ लाख १० हजार कित्ता  सुरक्षित गरिएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सेयर भने  सर्वसाधारणलाई बाँडफाँड हुनेछ।

पछिल्लो समय आइपिओ भर्नेको संख्या करिब २४ लाखको हाराहारीमा पुग्ने गरेको छ । तर यस कम्पनिको शेयर भने १० कित्ताका दरले कुल ६ लाख ४४ हजार जनाले पाउने छन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । यस कम्पनीको आइपिओमा सिडिएससीको मेरो सेयर र आफ्नो बैंक खाता रहेको जुनसुकै शाखाबाट पनि आवेदन दिन सकिनेछ।

प्रकाशित : शनिबार, असोज ०९, २०७८१९:३८

आज साताको पहिलो दिन, यस्तो छ सुन चाँदीको भाउ!