एजेन्सी – खेलको अन्त्यतिर पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेस पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार घरेलु मैदान ओल्ड ट्राफर्डमा एस्टन भिल्लासँग स्तब्ध बनेको छ ।
निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा कोर्टने हायुजले गोल गरेपछि म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा एस्टन भिल्लासँग १–० ले स्तब्ध बनेको हो । ओल्ड ट्राफोर्डमा इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएपनि ब्रुनो फर्नान्डेस पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा एस्टन भिल्लासँग १–० ले स्तब्ध बनेको हो ।
अवे टोलीका लागि केहि समय आगाडी मात्र अग्रता दिलाएपछि एस्टन भिल्लाका कोर्टनी होउजले आरोन वान-बिसाका क्रसमा ह्याण्ड गरेपछि रेफ्रीले रेड डेभिललाई पेनाल्टीको अवसर दिएका थिए। जसपछि आत्मविश्वासले भरिएको मार्टिनेजले रोनाल्डोलाई औंल्याउँदै चिच्याए,”तिमी प्रहार गर!” तर १२ यार्डबाट निकै उत्कृष्ट रेकर्ड रहेका रोनाल्डोले नयाँ क्लबका लागि पेनाल्टी प्रहार भने गरेनन्।
जसपछि यसको सट्टा, युनाइटेडका नियमित पेनाल्टी लिने गरेका ब्रुनो फर्नान्डेजले पेनाल्टी लिने निर्णय गरे। जसपछि सधैं झै मार्टिनेज मौखिक हुँदै भए। उनले ब्रुनोको दिमागसँग पनि मानसिक रूपमा खेले। त्यसपछि पेनाल्टी प्रहार गर्दा निकै उत्कृष्ट रेकर्ड रहेका ब्रुनोले पेनाल्टीबाट गोल गर्न चुके। यसरी एस्टन भिल्ला गोलकिपरले रोनाल्डो र ब्रुनो दुबै स्टारको दिमागसँग एकै पटक खेलेका छन्। एस्टन भिल्लाको जीतमा अर्जेन्टिनी गोलकिपरको निकै महत्वपूर्ण भूमिका रह्यो।
नयाँ सिजनको प्रिमियर लिगमा युनाइटेडको यो पहिलो हार हो । यो हारपछि युनाइटेड ६ खेलबाट १३ अंक जोडेर चौथो स्थानमा रहेको छ । एस्टन भिल्ला १० अंक जोडेर सातौ स्थानमा उक्लिएको छ ।