क्यारबो कपको वेस्ट ह्याम विरुद्धको खेल नखेलेका क्रिस्टियानो रोनाल्डो आइतबार म्यानचेस्टर युनाइटेडको एस्टन भिल्ला विरुद्धको प्रिमियर लिग भिडन्तको सुरुवाती ११ मा फर्किए, तर उक्त खेलमा उनले महत्वपूर्ण प्रभाव भने पार्न सकेनन्। रेड डेभिल घरेलु मैदानमा १-० को हार बेहोर्न बाध्य भयो।
अवे टोलीका लागि केहि समय आगाडी मात्र अग्रता दिलाएपछि एस्टन भिल्लाका कोर्टनी होउजले आरोन वान-बिसाका क्रसमा ह्याण्ड गरेपछि रेफ्रीले रेड डेभिललाई पेनाल्टीको अवसर दिएका थिए। जसपछि सबैको चासो विषय भनेको रोनाल्डो र ब्रुनो फर्नान्डेज बीच कसले पेनाल्टी प्रहार गर्ला भन्ने लागेको थियो। अन्तराष्ट्रिय स्तरमा एकै टोलीबाट खेल्दा नियमित रूपमा रोनाल्डोले पेनाल्टी प्रहार गर्छन् तर युनाइटेडमा भने ३६ वर्षीय स्टारले प्रहार गर्ने मौका पाएनन्।
जसपछि ब्रुनो आफूले लिएको पेनाल्टीमा चुकेपछि युनाइटेड सिजनको पहिलो लिग हार बेहोर्न बाध्य भयो। हारपछि रेड डेभिल लिगको चौंथो स्थानमा रहेको छ। हारपछि ५ पटकका ब्यालुन डी ओर विजेताले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले आफ्नो इन्स्टाग्राममा एक पोस्ट गर्दै यो मात्र सुरुवात भएको बताएका छन्। उनी लेख्छन्,”यो मात्र सुरुवात हो, तर प्रिमियर लिग जस्तो प्रतिस्पर्धात्मक तथा बलियो प्रतियोगितामा प्रत्येक बिन्दु गणना हुन्छ! हामीले तुरुन्तै प्रतिक्रिया जनाउनु पर्छ, हारबाट तुरुन्त उठ्नु पर्छ र हाम्रो साँचो शक्ति देखाउनु पर्छ।”
View this post on Instagram
१२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका रोनाल्डोले क्लबका लागि पहिलो पटक आफूले खेलेको खेलमा गोल गर्न सकेनन्। यसअघि खेलेका ३ खेलमा उनले हरेक खेलमा गोल गर्दै कुल ४ गोल गरेका थिए।