पीएसजीमा मेस्सीको व्यवहार देखेर छक्क परे यी स्टार खेलाडी, भन्छन्…..

पेरिस सेन्ट जर्मेन राइट ब्याक एकारफ हाकिमीले ६ पटकका ब्यालुन डी’ओर विजेता तथा नयाँ टिममेट लियोनल मेस्सीको आचरण देखेर आफू आश्चर्यचकित भएको स्वीकार गरेका छन्।

गत महिना २१ वर्ष बार्सिलोनामा बिताएपछि क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्न असफल भएसँगै अर्जेन्टिनी कप्तानले फ्रेन्च क्लब पीएसजीसँग अनुबन्ध भएर सारा फुटबल जगतलाई नै चकित पारेका थिए। क्लबसँग आवद्ध भएपछि ३ खेल खेलेका ३४ वर्षीय स्ट्राइकरले अहिलेसम्म गोलको खाता भने खोल्न सकेका छैनन्। हाल खुट्टाको चोटका कारण मैदान बाहिर रहेका मेस्सी बुधबार म्यानचेस्टर सिटी विरुद्धको च्याम्पियन्स लिग खेलका लागि ठिक हुने आशा गरिएको छ।

पीएसजीको जर्सीमा गोलको खाता खोल्न बाँकी रहेपनि एल’एकुइपेसँग हालै दिएको एक अन्तर्वार्तामा मेस्सी एक प्रशंसाको विषय बनेका छन्। “मेस्सीले बार्सिलोना छोड्नु, अरु सबैले जस्तै मैले पनि सोचेको थिइन। र जब मैले सुने कि तपाईं यहाँ आउँदै हुनुहुन्छ, म के भन्न सक्छु? मेरो लागि सपना थियो! मैले धेरै महान खेलाडीहरुसँग खेलेको थिएँ र एक मात्र मैले मिस गरेको खेलाडी मेस्सी थिए। म यस्तो राम्रो फुटबलरका साथ विकसित हुन पाउँदा गर्व गर्दछु,” हाकिमीले भने।

एकै भाषा बोल्ने भएकोले पनि मेस्सीसँगको सम्बन्ध बिस्तारै बिस्तारै बलियो हुँदै गएको मोरोक्कन डिफेन्डरले भने। आफूले मेस्सीलाई हरेक ट्रेनिङ सत्रमा नजिकबाट हेर्ने मौका पाएको र मेस्सीको अनुभवले टोलीलाई मजबूत बनाउनेमा हाकिमी विश्वस्त देखिए।

हकिमीले स्वीकार गरे कि उनी मेस्सीको आचरण देखेर छक्क परेका छन्, यो दाबी गर्दै उनले भने,”उनीसँग एक प्राविधिक सम्बन्ध बनाउन सजिलो छ! म उनलाई बल दिन्छु, म दौडन्छु र उनले बल त्यहि ठाउँमा दिन्छन् जहाँ आवश्यक हुन्छ! म उनको व्यवहार देखेर छक्क परेको छु, उनी सरल, शान्त छन्।”

प्रकाशित : आइतबार, असोज १०, २०७८१७:५१

मार्का भन्छ- “ब्यालुन डी ओर दिने नै हो भने बेन्जेमालाई दिनुपर्छ, नत्र नदिए हुन्छ”