मानुषी लघुवित्तको शेयर दोस्रो बजारमा सूचीकृत, ओपनिङ रेन्ज कति?

काठमाडौँ – मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ) को बाँडफाँड यसअघि नै भइसकेको थियो ।  साथै आइपिओ बाँडफाँड भएको करिब एक महिनापछि कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत भएको छ।

नेपाल स्टक एक्सचेन्ज र मानुषी लघुवित्त वित्तीय संस्थाबीच आइतबार  प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता भएको हो ।

स्टक एक्सचेञ्जले मानुषी लघुवित्तको पहिलो सेयर कारोबारको रेन्ज १३२  देखि ३९६ रुपैयाँ तय गरेको छ।

आइपिओ बाँडफाँड हुँदा ३६ हजार ८ सय ५६ जनाले १० कित्ताका दरले शेयर पाएका थिए  भने भाग्यमानी ३ जनाले ११ कित्ताका दरले आइपिओ पाएका थिए।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० लाख कित्ता साधारण शेयर निष्कासनमा ल्याएको थियो । त्यसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

प्रकाशित : आइतबार, असोज १०, २०७८१८:०४

लगातार घटेको सुनको मूल्य आज बढ्यो, कति ?