यी कलाकार तथा गायक, जसलाई सलमान खानसँग पङ्गा लिनु पर्यो महँगो

एजेन्सी – बलिउडमा सलमान खान सबै भन्दा हिट र शक्तिशाली नायक मानिन्छन्। विभिन्न समयमा चलचित्र छनोट र अभिनयलाई लिएर प्रश्न उठ्ने गरेपछि सलमान खान बलिउडका सबै भन्दा शक्तिशाली नायकको रुपमा कायम छन्।

भन्ने गरिन्छ कि सलमानको दादागिरी पूरा बलिउडभरी नै चल्छ। त्यति मात्र नभई चलचित्र रिलिजको मामलामा समेत सलमानको केहि हद सम्म बोलि चल्छ। जुन सुकै चलचित्रको रिलिजलाई सलमानले प्रभावित गर्न सक्ने बताइन्छ। भारतमा सबै भन्दा बढी हल पाउने नायक भएको नाताले आफ्नो चलचित्र रिलिज गर्न नदिने धम्की दिएर आफूलाई मन नपरेका व्यक्तिहरुको चलचित्र फ्लप गराउने आरोप सलमान माथि लाग्ने गरेको छ।

त्यसैले गर्दा बलिउडमा हत्तपत्त कोहि सलमानसंग निहु खोज्ने काम गर्दैनन्। आज हामी केहि यस्ता व्यक्तिहरुको कुरा गर्दै छौँ, जसले सलमानसंग निहु खोज्दा दुख पाएका थिए।

ऋतिक रोशन

सलमान खान संजय लीला भन्सालीको फिल्म गुजारिशमा काम गर्न चाहन्थे। तर भन्सालीले सलमानको ठाउँमा ऋतिक रोशनलाई फिल्ममा लिए। यसबाट सलमान रिसाए। उनले फिल्मको यसरी अपमान गरे कि दर्शकहरु यसबाट टाढा भए र गुजारिश नराम्रोसँग फ्लप भयो।

विवेक ओबेरोय

सलमान र विवेक बीचको विवाद बारे धेरैलाई थाहा होला। सलमानको सबै भन्दा ठूलो झगडा कोहिसँग भएको थियो भने ती विवेक हुन्। दुई बीच बयिका ऐश्वर्या रायलाई लिएर झगडा भएको थियो। विवेकले पत्रकार सम्मेलननै गरेर सलमानलाई ओपन च्यालेन्ज गरेका थिए। उक्त लफडा पछि सलमानले विवेकलाई काम नदिन धेरै निर्माता र निर्देशकहरुलाई दबाव दिएका थिए।

हिमेश रेशमिया

हिमेशले पहिलो पटक सलमानको फिल्म ‘जब प्यार किया तो डरना क्या’ का गीतहरु कम्पोज गरेका थिए। सलमानको चलचित्रबाट गीत कम्पोज गर्न शुरु गरेका हिमेशले एक पटक सलमानको चलचित्रमा म्यूजिक कम्पोज गर्न अस्विकार गरेका थिए। त्यसपछि सलमानले एक रियालिटी शोका क्रममा हिमेशको खिल्ली उडाएका थिए।

अरिजीत सिंह

सलमान एक अवार्ड शो होस्ट गर्दै थिए। त्यसक्रममा लोकप्रिय बलिउड गायक अरिजीत सिंह एक अवार्ड प्राप्त गरेका थिए। अरिजीतलाई अवार्ड लिन स्टेजमा पुग्न केहि समय लाग्यो। यसमा ठट्टा गर्दै सलमानले अरिजीतलाई सोधे कि उनी सुतेका थिए? अरिजीतले सलमानलाई जवाफ दिंदै तपाईहरुका कारण निदाए भनेर जवाफ दिए। अरिजीतको उक्त जवाफले सलमान खान नराम्ररी रिसाए। त्यसपछि सलमानले आफ्ना चलचित्रमा अरिजीतका गीतहरु बहिष्कार गर्न थाले। त्यति मात्र होइन, उनले अन्य निर्माता-निर्देशकलाई पनि अरिजीतलाई गीत नदिन दबाव दिए।

ऐश्वर्या राय

कुनै एक समयमा ऐश्वर्या राय र सलमान खान धेरै गहीर प्रेम सम्बन्धमा थिए। तर सलमानको व्यवहारका कारण ऐश्वर्या सलमानबाट टाढा भइन्। त्यसो हुँदा सलमान धेरै रिसाए। सलमान रिसाएकै कारण उनले कयौं चलचित्र गुमाउनुपर्यो। फिल्म ‘चलते चलते’बाट पनि ऐश्वर्या सलमानकै कारण आउट भएकी थिइन्।

प्रकाशित : मङ्गलबार, असोज १२, २०७८१५:२९

छोरी दिशानीलाई ‘डस्टबिन’बाट उठाएर ल्याएका थिए मिथुनले , आफ्नै सन्तान सरह गरे प्रेम !