छोरी दिशानीलाई ‘डस्टबिन’बाट उठाएर ल्याएका थिए मिथुनले , आफ्नै सन्तान सरह गरे प्रेम !

बलिउड सेलिब्रिटीको व्यक्तिगत जीवन सधैँ चर्चामा रहन्छ। यी स्टारको सम्बन्ध पनि  चर्चाको विषय बनिरहेको हुन्छ। मिथुन चक्रबर्ती एक डिस्को डान्सर हुन् । उनी प्राय चर्चाको पात्र  नै हुने गरेका छन्। बलिउडमा थुप्रै स्टार किड्स छन् जो केहि दिनदेखि चर्चामा रहन्छन्। तर अहिले मिथुन चर्कवर्तीको छोरी दिशानी चर्चामा छिन् जसले अहिलेसम्म फिल्मी जगतमा कदम राखेकी छैनन्।

मिथुनले एक सानी बच्चीलाई ‘डस्टबिन ‘ बाट उठाएर ल्याएका थिए। दिशानीलाई आमाबुबाले त्यस ठाउँमा छोडेका थिए। त्यस समय उनलाई एनजीओको मान्छेहरुले बचाएका थिए।  जब यो कुरा मिथुनले थाहा पाए तब उनले एडप्ट गर्ने निर्णय लिए। मिथुनले आफ्ना सन्तानहरु मिमोह, नमाशी र उस्मयलाई जस्तै दिशानीलाई पनि प्रेम दिएर पालेका छन्।

दिशानी छिट्टै फिल्ममा कदम राख्दै छिन्  र उनी सलमान खानको फ्यान पनि हुन्।  हाल उनी न्युयोर्कमा पढिरहेकी छन्। उनी आआफ्नो करियर फिल्मी क्षेत्रमा नै सुरु गर्न चाहन्छिन्। उनले थुप्रै लघु फिल्ममा काम गरिसकेकी छिन् ।

 

 

 

 

प्रकाशित : बुधबार, असोज १३, २०७८१६:११

यी बलिउड नायिकाले गुलाबी ओठमा लगाए कालो लिपस्टिक, भूत भन्दै गरिए ट्रोल र गालीको वर्षा !