मेस्सी आएपछि पिएसजीमा एक्लो महसुस गर्दै एम्बाप्पे !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)सँग अहिले विश्वकै उत्कृष्ट आक्रमण पङ्ती छ। किलियन एम्बाप्पे र नेयमार जस्ता विश्वस्तरिय खेलाडीले सम्हालेको पिएसजीको आक्रमणमा लियोनेल मेस्सी थपिएका छन्।

यसै सिजन पिएसजीमा मेस्सी आवद्ध भएपछि पिएसजीको आक्रमण पङ्ती जति सशक्त हुने अनुमान गरिएको थियो, त्यति सशक्त भने हुन सकिरहेको छैन। खास भन्ने हो भने मेस्सी, नेयमार र एम्बाप्पे बीच राम्रो तालमेल मिल्न सकिरहेको छैन।

यी तीन खेलाडी बीच तालमेल मिलाउन प्रशिक्षक मौरिसियो पोचेटिनो धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ। मेस्सी, नेयमार र एम्बाप्पे अहिले सम्म तीन खेलमा एक साथ मैदानमा उत्रिएका छन्। तीनै खेलमा पिएसजी पहिला भन्दा कम्जोर देखिएको छ। मेस्सीले पिएसजी गएपछि खाता खोल्न समेत सकेका छैनन्। त्यति मात्र होइन मेस्सी र नेयमारको साथमा खेल्दा एम्बाप्पे पनि कम्जोर देखिएका छन्।

मेस्सी र नेयमारसँगै भएका तीनै खेलमा एम्बाप्पेले गोल गर्न सकेका छैनन्। सिजनको शुरुवातमा उत्कृष्ट लयमा रहेका एम्बाप्पे पछिल्ला खेलहरुमा कम्जोर देखिनुले पनि पिएसजीको समस्या बढाएको छ।

पिएसजीको ट्रियोलाई सेट हुन समय लाग्ने कुरामा दुई मत छैन। तर शुरुवाती समयमा जस्तो संकेतहरु मिलिरहेका छन्, ती संकेतहरु पिएसजीका लागि सुखद मान्न नसकिने विश्लेषकहरु बताउँछन्।

असन्तुष्ट छन् एम्बाप्पे

केहि दिन अगाडी एक भिडियो भाइरल भएको थियो। उक्त भिडियोमा एम्बाप्पे नेयमार माथि खनिएको देखिएको थियो। नेयमारले पास नदिएको भन्दै आक्रोश पोख्दै गरेको दृश्यले एम्बाप्पे पिएसजीमा असन्तुष्ट रहेको संकेत गरिरहेको छ। यसो सरसर्ती हेर्दा एम्बाप्पे नेयमार र मेस्सी आएपछि एक्लो महसुस गरिरहेको जस्तो पनि देखिन्छ।

प्रकाशित : मङ्गलबार, असोज १२, २०७८१९:१४

च्याम्पियन्स लिग: पि.एस.जिका लागि स्टार खेलाडि मेस्सिको पहिलो गोल, रयिल मड्रिडले हारको स्वाद