यी ३ किसिमका मानिसलाई भुलेर पनि मित्र नबनाउनुहोस्, अन्यथा सत्यनाश हुनेछ !

आचार्य चाणक्य द्वारा लिखित नीति शास्त्रको वचनहरु आज पनि मानिसहरु बीच धेरै लोकप्रिय छन्। केहि मानिसहरुलाई उनका नीतिहरु धेरै कठोर लाग्छ तर यसले मानिस जीवनको सत्यको बारेमा सचेत जगाउँछ। आचार्य चाणक्यले पारिवारिक जीवनदेखि धन, शत्रु र मित्रता सम्म हस्रेक क्षेत्रमा महत्वपूर्ण कुराहरु बताएका छन्। आचार्य चाणक्य केहि यस्ता मानिसको बारेमा बताएका छन् जोबाट दूरी बनाएर बस्नु नै राम्रो हुन्छ। यस्ता मानिससँग भुलेर पनि मित्रता स्थापित गर्नु हुँदैन। जान्नुहोस् यस्ता मानिसको बारेमा….

यस्ता मानिसबाट टाढा नै रहनुहोला

आचार्य चाणक्य भन्छन् कि सच्चा साथी त्यहि हुन्छ जसले तपाईंलाई गलत बाटोमा लाग्न दिँदैन र सहि र गलत पहिचान गर्न मद्दत गर्छ। जो मानिस तपाईंको हरेक कार्यमा बोलीमा बोली मात्र मिलाउँछ, चाहे त्यो गलत काम नै किन नहोस्, यस्ता मानिसबाट टाढा नै रहनु राम्रो हुन्छ। यस्ता मानिस तपाईंलाई राम्रो लाग्न सक्छ तर उनीहरुले तपाईंलाई समस्यामा पार्न सक्छन्।

गलत कार्य गर्ने  मानिस 

आचार्य चाणक्य भन्छन् कि जसले गलत काम गर्छन्, सधैं उनीहरुबाट दूरी बनाएर राख्नु पर्छ। यस्ता मानिसले कुनै न कुनै समय तपाईंलाई पनि समस्यामा पार्न सक्छन्। यसका साथै गलत मानिसको संगतले तपाईंको कहिल्यै भलाई हुनेछैन।

लोभी मानिस 

चाणक्य नीतिको अनुसार मनमा लालच वा लोभ भएका मानिसबाट सधैं टाढा नै रहनु राम्रो हुन्छ। यस्ता मानिस सधैं अरु मनिसको धन वा सफलता देखेर लोभी हुने गर्छन् र तपाईंलाई पनि समस्यामा पार्न सक्छन्। त्यसैले यस्ता व्यक्तिलाई कहिल्यै मित्र बनाउनु हुँदैन।

प्रकाशित : बुधबार, असोज १३, २०७८१२:४१

यी ४ राशिका महिलाले जीवनमा बनाउँछन् फरक पहिचान, पति भन्दा पनि हुन्छन् धेरै सफल !