“मेस्सीले प्रिमियर लिगमा खेल्न सक्दैनन् भन्नेहरुलाई मेस्सीले दह्रो दनक दिए”

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले पनि गोल गरे।

सिटीलाई २-० ले पराजित गर्नेक्रममा मेस्सीले ७४औं मिनेटमा गोल गरेका थिए। उनले किलियन एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए। सिटी विरुद्ध गोल गरेसँगै मेस्सीले पिएसजीका लागि गोलको खाता खोलेका छन्।

यसै बीच सिटी विरुद्ध गोल गरेसँगै मेस्सीले प्रिमियर लिगमा खेल्न सक्दैनन् भन्नेहरुको ‘बोल्ती बन्द’ भएको चर्चा शुरु भएको छ। बेलायती पत्रकार ग्यारी लिनेकर पनि सिटी विरुद्ध मेस्सीले गोल गरेसँगै मेस्सीले प्रिमियर लिगमा खेल्दैनन भन्ने सबैको बोल्ती बन्द भएको बताउँछन्।

मेस्सीले प्रिमियर लिगका शिर्ष ६ टीम विरुद्ध नै गोल गरिसकेको हुँदा मेस्सीले प्रिमियर लिगमा खेल्न सक्दैनन् भनेर टिका-टिप्पणी गरिनु गलत हुन जाने ग्यारी लिनेकरले बताए।

“मेस्सीले प्रिमियर लिग क्लब विरुद्ध ३५ पटक खेलेका छन्। त्यसक्रममा उनले २७ गोल गरेका छन्।”,ग्यारीले भने,”ती गोल सबै च्याम्पियन्स लिगमा भएका थिए र उनीहरु प्रिमियर लिगका शिर्ष ६ क्लब थिए। अझै मेस्सी प्रिमियर लिगमा खेल्न सक्दैनन् भन्छन्।”

मेस्सीको गोल तथ्यांकले स्पष्ट रुपमा उनी प्रिमियर लिगमा खेल्न सक्दैनन् भन्नेहरु जवाफ दिने ग्यारीको भनाई छ। प्रिमियर लिगका शिर्ष क्लबहरु विरुद्ध समेत मेस्सी हावी हुने गरेको हुँदा यी र यस्ता तर्क गरिनु बेकार हुने ग्यारी बताउँछन्।

प्रकाशित : शुक्रबार, असोज १५, २०७८१०:०५

सुआरेजले अझै भुलेका छैनन् बार्सिलोनामा भएको व्यवहार ! भन्छन् – ‘पालो सबैको आउँछ’