निरन्तर ओरालो लागेको सुनको मूल्य आज उकालो लाग्यो, ८ दिन यताकै महँगो !

काठमाडौँ – बिहिबार यस वर्षकै सस्तो मूल्यमा कारोबार भएको सुनको मूल्य आज बढेको छ। गएको देखि दिन लगातार घटेको सुनको मूल्य नेपाली बजारमा आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ८९ हजार ६ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ९ ​सय रुपैंयाँले नै बढेको छ। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ८९ हजार १ सय ५० रुपैंयाँ कायम भएको छ।

यस हप्ता छापावाला सुन ८८ हजार ७ सय रुपैंयाँ देखि ८९ हजार ३ सय रुपैंयाँ सम्ममा कारोबार भयो भने तेजाबी सुन ८८ हजार २ सय ५० देखि ८८ हजार ८ सय ५० रुपैंयाँ सम्ममा कारोबार भयो।

सुन असोज ७ गते यहाँकै महँगो

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा कायम भएको सुनको मूल्य असोज ७ गते अथवा ८ दिन यताकै महँगो रहेको छ। त्यसदिन पनि सुन आजकै मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य रु २० ले बढेर ११ सय ४० रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : शुक्रबार, असोज १५, २०७८११:०१

अहिले नेपाली शेयर बजार बुलिस कि बियरिस?